युवराजको बिदाईले सेयर बजारमा उछाल

युवराजको बिदाईले सेयर बजारमा उछाल

हिजो बिहान बसेको क्याबिनेट बैठकले हालै अर्थ मन्त्रीबाट राजीनामा दिएका तर प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा रहिरहेका युवराज खतिवडालाई चार वर्षका लागि नेपालबाटै बिदाई गर्ने निर्णय गरेपछि एकाएक सेयर बजारमा उछाल आएको छ । पुँजी बजारलाई सँधै नकारात्मक रूपमा लिँदै आएका खतिवडा गभर्नर,योजना आयोगको उपाध्यक्ष,अर्थमन्त्री र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएपछि सेयर बजार ओरालो लाग्दै आएको थियो ।

उक्त समाचारलगत्तै नेप्से इण्डेक्स २०.६१ विन्दूले बढेर १५७१.०४ मा पुगेको छ । अस्तिको कारोबारपछि इण्डेक्स १५५०.४३ विन्दूमा कायम थियो ।

तर, नेपालमै नरहने गरी अमेरिकाको लागि राजदूतमा नियुक्त गर्ने निर्णयपछि एकाएक सेयर बजारमा बहार आएको हो । हिजो उक्त समाचारलगत्तै नेप्से इण्डेक्स २०.६१ विन्दूले बढेर १५७१.०४ मा पुगेको छ । अस्तिको कारोबारपछि इण्डेक्स १५५०.४३ विन्दूमा कायम थियो ।

जहाँ बसेपनि अर्थतन्त्रसँग जोडिएको विषयमा हस्तक्षेप गरेर पुँजी बजारलाई कमजोर बनाउने आरोप लाग्दै आएका खतिवडाको कारण लगानीकर्ता सशङ्कित बन्दै आएका थिए । तर,हिजो एक्कासी खतिवडा मुलुकबाटै डेरा सर्नेगरी अमेरिकाको राजदूतमा नियुक्त भएपछि लगानीकर्ता मध्यान्हदेखि नै हौसिएको तथ्यांकले देखाएको छ ।

टिप्पणीहरू