प्राध्यापकमाथि मुद्धा

प्राध्यापकमाथि मुद्धा

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलमाथि अदालतको मानहानी गरेको मुद्धा परेको छ । अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले सर्वोच्च अदालतमा दिएको उजुरीमा लुइँटेलले अदालत, प्रधानन्यायीश र न्यायधीशबार भ्रम छर्ने उद्देश्यले अभिव्यक्ति दिएको उल्लेख छ ।

प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासबाट २०७४ को –wo– २०५५४ को रिटमा सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट अङ्ग्रेजीमा राख्न मिल्ने भनी रिट खारेज भएको विषयलाई लिएर लुइँटेलले आपत्तीजनक अभिव्यक्ति दिएको उजुरीमा जनाइएको छ । लुइँटेलले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको नामबाट विज्ञप्ति निकालेर इम्बोस्ट नम्बर प्लेट अङ्ग्रेजीमा राख्न मिल्ने फैसला अदालतबाट कुत्सित स्वार्थका कारण भएको बताएका थिए ।

लुइँटेलले प्रधानन्याधीशलाई भाषाद्रोही श्रीमान् भन्दै अदालतको फैसलामाथि आपत्तिजनक टिप्पणी गरेको अधिवक्ता भट्टराईले उल्लेख गर्नुभएको छ । विभिन्न युट्युब अनलाईन र सामाजिक सञ्जालमा अन्तरर्वाता दिँदै प्राध्यापक लुइटेलले अदालतको मानहानी गरेको बताइएको छ ।

टिप्पणीहरू