वामदेवको मुद्दा हेर्दाहेर्दैमा

वामदेवको मुद्दा हेर्दाहेर्दैमा

राष्ट्रियसभा सदस्य नियुक्त नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री नबनाइयोस्  भन्ने मागका साथ सर्वोच्चमा दायर रिटउपर आज बुधबार बसेको पूर्ण इजलासमा बहस नटुंगिएपछि हेर्दाहेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहितको पाँच सदस्यीय संवैधानिक इजलासमा उक्त मुद्दाको आज पेसी चढेको थियो । विपक्षीमध्येका प्रतिवादी वामदेव गौतमका तर्फबाट बहस गर्न गएका कानुन व्यवसायीले आज बहस गर्न भ्याएनन् । तर, विपक्षीका तर्फबाट आज महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले भने बहस टुंग्याएका छन् । सर्वोच्चस्रोतका अनुसार शुक्रबारको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाई हुनेछ ।

टिप्पणीहरू