केन्द्रीय बैंकमा पनि कोरोना

केन्द्रीय बैंकमा पनि कोरोना

राष्ट्र बैंकमा गत बिहीबार एकैचोटी आठजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आठ जनामध्ये डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि एक हुन् । उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै घरमै बसेर प्राकृतिक उपचार गरिएको दैनिकी नै फेसबुकमा पोष्ट गरेका छन् ।

बैंकको केन्द्रीय कार्यालयदेखि काठमाडौं बाहिरका कार्यालयमा गरी झण्डै तीन दर्जन कर्मचारीमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये झण्डै दुई दर्जन काठमाडौंका हुन् भने बाँकी बाहिरका हुन् ।

टिप्पणीहरू