तेजाव छ्याप्नेविरुद्ध कडा कानुन लागु « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

तेजाव छ्याप्नेविरुद्ध कडा कानुन लागु

प्रकाशित मिति :  १२ आश्विन २०७७, सोमबार १६:४४


तस्बिरः राष्ट्रपति कार्यालय, फाइल फोटो

तेजाव छ्याप्ने अपराधीमाथि कडा कारबाही गर्ने कानुन आजदेखि लागु भएको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको छ । अध्यादेशमा तेजाव छ्याप्नेमाथि २० वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको छ ।
अध्यादेशअनुसार अब सजिलै बजार पसलमा तेजाव किनबेच गर्न पनि पाइनेछैन । अब बिक्रिवितरण गर्दा कारण खुलाएर अनुमति लिनुपर्ने हुन्छ ।
राष्ट्रपति भण्डारीले आजै प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको छ । अध्यादेशमा उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुरको प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) अब केन्द्रमातहत हुनेछ । यसअघि केन्द्रले गर्ने कि प्रदेशले गर्ने भन्ने विवाद थियो । बाग्मती प्रदेशले आफूले गर्न पाउनुपर्ने अडान राख्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस !