आकस्मिक मन्त्रिपरिषद्

आकस्मिक मन्त्रिपरिषद्

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा आज आइतबार दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

प्रायः सोमबारमात्र बस्ने मन्त्रिपरिषद्को बैठक आइतबार नै बोलाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

अघिल्लो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले केही मन्त्रीसँग अर्को बैठकमा भेट नहुने सम्भावना रहेको भन्दै पुनर्गठनको संकेत गर्नुभएको थियो ।

आइबार विहानै मन्त्रीहरुलाई मन्त्रिपरिषद् बैठकको सूचना गएपछि सबैजसो मन्त्री विहानै आ–आफ्नो मन्त्रालय पुगेका छन् ।

मन्त्रिपरिषद् बैठकमा भोलि सोमबार पेश गर्न तयार पारिएका प्रस्ताव आजै लैजानका लागि उनीहरु विहानै मन्त्रालय पुगेका हुन् ।

एकजना मन्त्रीले बैठकको खबर पाउनासाथ सम्बन्धित सचिवलाई फोन गरी आजको बैठक आफ्ना निम्ति अन्तिम हुनसक्ने भन्दै बाँकी रहेका केही प्रस्ताव तयार पारिहाल्न भनेको स्रोतले जनाएको छ ।

टिप्पणीहरू