गोरु काट्नेहरू खोरमा

झापामा गोरु काटेर खाने तीनजना प्रहरीको खोरमा पुगेका छन् । अर्जुनधारा नगरपालिका–५ को बैसाबारीमा गोरु काटेर खाने २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षीय टीकाराम दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले गोरु काटेर खाएको, गोरुको टाउको र खुट्टा बारीमा गाडेको उजुरी परेपछि प्रहरीले खोजी गर्दा उखुबारीमा टाउको र खुट्टा गाडिएको अवस्थामा बरामद गरेको छ । शनिबार बिहान उनीहरुले गोरु काटेर खाएका थिए ।

टिप्पणीहरू