शान्ति सेनाभित्रै अशान्ति : क्याप्टेनहरुद्वारा सिपाही निर्घात कुटिए

शान्ति सेनाभित्रै अशान्ति : क्याप्टेनहरुद्वारा सिपाही निर्घात कुटिए

कङ्गो, अफ्रिकामा शान्ति कायम गर्न खटिएको नेपाली सेनाको टोलीका हर्ताकर्ता नै अशान्ति मच्चाउन उद्दत रहेको पाइएको छ । प्रायः साँझ सुरापान गरेर आफू मातहतका सिपाही तथा तल्लो तहका सैनिकलाई निर्घात कुटपिट गर्ने कार्य अहिले कङ्गोमा खटिएको नेपाली शान्ति सेनाको टोलीको दैनिकी नै भएको गुनासो छ ।

पछिल्लो पटक बुधबार साँझबाट सुरापान गर्न थालेका सहसेनानीत्रय इन्द्र थापा,सुभाष हुमागाईं र योगेन्द्र धितालले निर्घात कुटपिट गर्दा सैनिक तथा जवान सख्त घाइते बनेका छन् । यसरी कुटेर नायक नवराज माझीलाई मरणासन्न अवस्थामा पुर्याइएको छ ।

जनआस्थालाई प्राप्त जानकारीअनुसार क्याप्टेनहरूले निर्घात् कुटेका सैनिकको फिला, तिघ्रा, कम्मर र भुँडीमा गम्भीर चोट लागेको छ । आफ्नै हाकिमबाट दैनिक हुने निर्घात् कुटपिटबाट छुटकारा पाउन जतिसक्दो छिटो मुलुक फर्कनुबाहेक अर्को विकल्प नरहेको पीडितहरूले बताएका छन् ।

टिप्पणीहरू