महिलासँग मिलेर ठग्ने पक्राउ

महिलासँग मिलेर ठग्ने पक्राउ

एकजना महिलासहित चारजना पुरुषलाई ठगी आरोपमा प्रहरीले भक्तपुरबाट पक्रेको छ । सिन्धुपाल्चोक घर भइ मध्यपुरठिमी बोडेमा बस्ने ३२ वर्षीया कान्छी तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका काठमाडौंको गोकर्णेश्वरमा बस्ने ३६ वर्षका खेलबहादुर तामाङ, ३३ वर्षका रेलबहादुर तामाङ,  मध्यपुरठिमी बोडे बस्ने ५६ वर्षका श्यामबहादुर तामाङ, सोही ठाउँका २५ वर्षका रामकृष्ण तामाङलाई प्रहरीले पक्रेको हो । उनीहरुले सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पाँचैजनालाई प्रहरीले भक्तपुरकाे बोडेबाट प्रक्रेको हो ।

सूर्यबिनायक बालकोटबाट एक व्यक्तिलाई अमेरिकन डलर देखाएर पाँच लाख लुटेर फरार भएको उजुरीका आधारमा खोजी गर्दा ठगि गर्ने गिरोह फेला परेको हो । उनीहरुको साथबाट प्रहरीले दुई लाख ४२ हजार ९ सय ३५ रुपैयाँ, डलर भन्दै झुक्याउन तयार गरिएका दुई बण्डल कागजका बिटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ । सो गिरोहले विभिन्न व्यक्तिसँग विभिन्न समयमा गरी २६ लाख ८० हजार भन्दाबढी रकम लुटेको पाइएको छ ।

विदेशबाट फर्केका व्यक्तिलाई सस्तोमा डलर साटिदिने भन्दै ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

टिप्पणीहरू