बाजागाजा बन्द, प्रहरीमा ४८१

बाजागाजा बन्द, प्रहरीमा ४८१

कोभिड संक्रमणबाट अन्य सुरक्षा निकायभन्दा बढी थिल्थिलिएको नेपाल प्रहरीले संक्रमित कर्मचारी व्यवस्थापनका लागि एउटा गुल्मलाई बिदाई गरेको छ ।

न बिहेबारीको याम,न कसैलाई सलामी चढाउनुपर्ने चटारो । यस्तो स्थितिमा नेपाल प्रहरीको सामाखुशीस्थित व्याण्ड गुल्मलाई तत्कालका लागि विस्थापित गरी त्यहाँ कार्यरत कर्मचारीलाई घर–घर पठाई त्यो ठाउँलाई कोरोना पीडित प्रहरीका लागि आइसोलेसन र क्यारिन्टिन बनाएको छ ।

यतिबेला सुरक्षाफौजतर्फ सबैभन्दा धेरै अर्थात नेपाल प्रहरीमा चार सय ८१ जना कर्मचारी कोरोनाले संक्रमित भएका छन् । त्यसरी संक्रमण देखा परेका कर्मचारीलाई महाराजगञ्जस्थित प्रहरी अस्पतालसहित,सामाखुशीस्थित नं. २ गण र विपद् व्यवस्थापनको परिसरमा आइसोलेसन बनाएर राखिएको छ ।

टिप्पणीहरू