ड्युटीका सेनाको ठाउँका ठाउँ देहान्त

ड्युटीका सेनाको ठाउँका ठाउँ देहान्त

कोरोना, बाढी पहिरो र सवारी दुर्घटना– अक्सर सुरक्षाकर्मीले आजकल यी कारणबाट ज्यान गुमाउनु परेको छ । तर, भदौको २७ गते चितवनको शक्तिखोरमा दुई सैनिकको फरक कारणबाट ज्यान गएको छ ।

माथि–माथि टम्मै नाङ्गो तार छ, वरिपरि ढल्न लागेका काँचा रुखहरु छन् । त्यसमाथि वर्षातको याम । यस्तो स्थितिबीच अव्यवस्थित ढंगले झाँगिएका हाँगा र पात सम्याउने ड्युटीमा खटिएका दुई सैनिकको प्राणान्त भएको आज ठ्याक्कै तेह्र दिन भयो ।

माओवादी शान्ति प्रक्रियामा आएर लडाकु शिविरका रुपमा स्थापित शक्तिखोरमा सेना समायोजनपछि नेपाली सेनाले आफ्नो कमाण्डो दस्ता राख्दै आएको छ । त्यहाँ सिंहनाथ गणको कमाण्डो बटालियनको अड्डा छ । पुरानो सिंहनाथ गणकै सैनिकहरुलाई उच्चस्तरको तालिम दिएर त्यहाँ राखिएको हो ।

भदौ २७ गते त्यहाँका रुखहरु सम्याउने क्रममा सिमसिम पानी परिरहेको थियो । रुखको माथिल्लो भागमा रहेको बिजुलीको तारबाट रुखमा करेण्ट लिक भएपछि सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमाल करेण्टको पञ्जामा परेर, उनीहरुले त्यहीँ प्राण त्यागेका हुन् ।

टिप्पणीहरू