वामदेवको बाटो एक हप्तालाई छेकियो

वामदेवको बाटो एक हप्तालाई छेकियो

सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा नियुक्त गर्ने नेपाल सरकारको निर्णय तत्काल कार्यान्वयनमा नल्याउन अन्तरिम आदेश जारी गरेको छ ।

डा. आनन्दमोहन भट्टराईको एकल इजलासले वामदेवलाई १४ गते दोहोरो छलफलबाट एउटा टुंगोमा नपुग्दासम्म कुनै पनि संवैधानिक जिम्मेवारी (मन्त्रीसमेत) दिनबाट समेत रोक लगाएको छ । यस प्रकृतिका मुद्दाहरुको दीर्घकालीन सम्बोधनका निम्ति प्रधानन्यायाधीश नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा यो मुद्दा पेश गर्नसमेत आदेश भएको छ ।

यो आदेशले निरन्तरता पाउने सम्भावना किन पनि देखिन्न भने यस्तै प्रकृतिबाट राष्ट्रिय सभामा नियुक्त नारायणकाजी श्रेष्ठले ६ महिना कार्यकाल व्यतित गरिसक्नुभएको छ । नारायणकाजी गोरखाबाट प्रतिनिधिसभाको चुनावमा बाबुराम भट्टराईसँग पराजित हुनुभएको थियो ।

आदेशको पूर्णपाठ यस्तो छ :

टिप्पणीहरू