वामदेवविरुद्धको मुद्दा आनन्दमोहनको बेञ्चमा

वामदेवविरुद्धको मुद्दा आनन्दमोहनको बेञ्चमा

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा गरिएको मनोनयन तथा उपप्रधानमन्त्री बनाउने तयारीविरुद्ध परेको रिटउपर आज पेसी चढेको छ ।

अधिवक्ता बद्रीराज भट्ट र दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दायर गरेको अलग-अलग रिटउपर आज बुधबार पेसी चढेको हो ।

ती मुद्दा सर्वोच्च अदालतको ६ नम्बर एकल इजलाशमा छ । उक्त इजलाश हेर्ने न्यायाधीश आनन्दमोहन भट्टराई हुन् ।

दुई रिटमध्ये भट्टको १ र त्रिपाठीको २ नम्बरमा पेसी चढेको छ ।

वामदेवको विषयलाई उठाएर रिट दायर गरिए पनि उस्तै प्रकृतिको चुनावी अन्तरकथा भएका र अर्को प्रक्रियाबाट राष्ट्रियसभा सदस्य हुनुभएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि यो मुद्दाबाट प्रभावित हुनुहुनेछ ।

यद्यपि, मुद्दा हेर्ने न्यायाधीश आनन्दमोहन भट्टराई न्यायीक बृत्तमा तार्किक, स्वच्छ छवि तथा सत्यवादी व्यक्तित्वका रुपमा परिचित हुनुहुुन्छ ।

मुद्दामा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय, राष्ट्रियसभा सचिवालय र वामदेव गौतमलाई विपक्षी बनाइएको छ ।

टिप्पणीहरू