सेनाभित्र दिनकै सय

सेनाभित्र दिनकै सय

शुक्रबार नेपालभित्र पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित पुष्टि भएको छ । मुलुकभर २ हजारभन्दा बढी र काठमाडौं उपत्यकामा मात्र ८ सयभन्दा बढी सङ्क्रमित थपिएका छन् ।

यो सँगै नेपाली सेनामा पनि दैनिक एक सयको हाराहारीमा सङ्क्रमित देखिन थालेको छ । पछिल्लो साता एक दिन सङ्क्रमितको संख्या एक सय पुगेको थियो भने अरु दिन पनि पचहत्तरको हाराहारीमा रहँदै आएको छ ।

सेनाका झण्डै पौने सय चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाको कारण आइसोलेशनमा बसेका छन् । एक जनामा सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरसमुक्त भएको थाहा पाउन कम्तिमा तीनदेखि चार पटकसम्म परीक्षण गर्ने झण्झटिलो र महँगो प्रक्रियाले अरुलाई झैँ सेनालाई पनि गाँजेको छ ।

सरकारका पछिल्ला निर्णयमाझैँ सेनाले समेत लक्षण देखिए पनि नदेखिए पनि सङ्क्रमित पुष्टि भएकाहरूलाइ केही दिन घरमै आराम गर्न लगाउने सोच बनाएको छ । तर, जुनसुकै गणमा समेत आठ दश जनासम्मको लागि व्यवस्थापन गर्नेगरी तयारी गरिएको पनि स्रोतको दाबी छ ।

यसैबीच आज शनिवार सानो संख्याको उपस्थितिवीच पाचौं संविधान दिवस मनाइएको छ । सबै सुरक्षा निकायलगायत संवैधानिक निकायका उपल्लो तहका एकाधलाई मात्र संविधान दिवसको औपचारिक कार्यक्रमको निम्तो दिइएको थियो  ।

टिप्पणीहरू