कुन कुन क्षेत्रमा अझै कोरोनाको सकस ?

कुन कुन क्षेत्रमा अझै कोरोनाको सकस ?

पर्सि सोमबारदेखि खुल्ने भनिएको आन्तरिक हवाई सेवाबाट ५० प्रतिशत यात्रुको प्रावधान हिजो झिकिएपछि अब सतप्रतिशत राखेर हवाईजहाज उडाउन बाटो खुलेको छ ।

सरकारले तोकिएका निश्चित् ११ वटा बाहेक अन्य सबै क्षेत्रमा अस्तिदेखि निषेधाज्ञा नलाग्ने गरी खुल्ला गरिदिएको छ । मन्त्रीपरिषद्को भदौ २९ गतेको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि सबै सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई लेखिएको पत्रमा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम अनुगमन र सुपरीवेक्षण गर्न निर्देशनसमेत दिइएको छ ।

अर्को आदेश नभएसम्मको लागि देशभरका सबै खालका शिक्षण संस्था बन्द राख्ने निर्णय भने यथावत छ । विभिन्न परीक्षा,गोष्ठी,तालिम,सेमिनार र सबै प्रकारका प्रदर्शन,भेला तथा सम्मेलनमा लगाइएको रोक पनि यथावत छ ।

सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल, ब्युटी पार्लर, शैलुन, हेल्थ क्लब, स्विमिङ पुल र जिमखानालाई पनि तत्काल सेवा सञ्चालनको निम्ति अनुमति दिइएको छैन ।

त्यसैगरी, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल, ब्युटी पार्लर, शैलुन, हेल्थ क्लब, स्विमिङ पुल र जिमखानालाई पनि तत्काल सेवा सञ्चालनको निम्ति अनुमति दिइएको छैन । अर्को आदेश नभएसम्मको लागि खेलकूद प्रतियोगिता,प्रशिक्षणका साथै सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल,पुस्तकालय,संग्रहालय र चिडियाखानामा अझै रोक फुकाइएको छ ।

सार्वजनिक यातायातलगायत अन्य सेवा क्षेत्र खुल्ला गरिएपनि तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन भनिएको छ ।

उनीहरूले विज्ञप्ति जारी गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विश्वभर शतप्रतिशत यात्रु बोक्ने गरिएकोमा नेपालमा मात्र क्षमताको आधा यात्रु बोक्न गरिएको आग्रह व्यवहारिक नभएको बताएका छन् । यता, सार्वजनिक यातायातमा सरकारले सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर शतप्रतिशत भाडा बढाउन दिएपनि अधिकांश यातायातका साधन रित्तै गुडेको देखिन्छ ।

लामो दूरीका बसमध्ये हिजो र आज नगण्य संख्याका बसहरू काठमाडौंबाट बाहिरिए भने थोरै बस राजधानी भित्रिएका छन् । तर ती बसमा यात्रा गर्ने यात्रुहरूको संख्या पनि निकै कम रहेको सुरक्षा स्रोतले बताएको छ ।

टिप्पणीहरू