क्याबिनेटमा प्रधानमन्त्रीद्वारा मन्त्रीमाथि कटाक्ष

क्याबिनेटमा प्रधानमन्त्रीद्वारा मन्त्रीमाथि कटाक्ष

अस्तिको क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली निकै थकित मुद्रामा छिर्नु भएको थियो । सम्भवतः अपरान्ह भएको नेकपा उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यको सपथ ग्रहणले पनि उहाँलाई थकित बनाएको हुनसक्ने भन्दै सहभागी मन्त्रीहरूले खासखुस गरेका थिए ।

मन्त्रीहरू क्याबिनेटको लागि तोकिएको समयअगावै बालुवाटार पुगे पनि प्रधानमन्त्री भने बैठक कक्षमा ढिलो पुग्नुभयो । मूलतः गृह मन्त्रालयको पदकसम्बन्धी निर्णय गरेपछि उहाँले केही मन्त्रीसँग केही मिनेट अनौपचारिक सवालजवाफ गर्नुभएको थियो ।

विशेषगरी,कृषि मन्त्री घनश्याम भुसालसँग आफूले बङ्गलादेशको प्रधानमन्त्रीसँग पैँचो मागेको ५० हजार मेट्रिक टन मल ल्याउने सम्बन्धमा भएको प्रगति विवरणको बारेमा निकै चासो राखेको बताइन्छ । बैठकमा प्रधानमन्त्रीले भुसालसँग कसका कारणले र के कारणले मल बेलामा नआएको रु भनेर पटकपटक सोध्नुभयो ।

आफूले बङ्गलादेशमा फोन गरेर ठिक्क पारिसकेको ५० हजार मेट्रिक टन मल ल्याउन कति समय लाग्छ ? भनेर सोधेपछि मन्त्री भुसालले दुई महिनाजति लाग्ने बताउनुभयो तर भुसालको जवाफ भुईंमा नपर्दै प्रधानमन्त्रीले ‘के त्यसोभए मल धान काटेपछि खेतमा छर्ने हो रु’ भनेर चर्कैसँग सोध्नुभएको थियो ।

यता, आज बिहान ११ बजेलाई बोलाइएको नेकपा सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले भोलिको संविधान दिवस तयारीको लागि आफू व्यस्त हुनु परेकोले सचिवालय बैठक स्थगित गर्न लगाउनुभएको हो । हिजो बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सचिवालय बैठकमा आउने जवाफ दिएपनि आज प्रधानमन्त्रीले एकाएक बैठक नै स्थगित गरिदिनुभयो।

हिजो जनआस्था अनलाइनले प्रधानमन्त्री ओली सचिवालय बैठकमा अनुपस्थित हुनसक्ने आँकलन गर्दै हुन्छ त हुन्छ तर पक्काचाहिँ के हुन्छ रु शीर्षकमा समाचार प्रकाशित गरेको थियो । बालुवाटारस्थित सरकारी निवासको सुविधासम्पन्न भवनमा हुने गरेका कतिपय पार्टी बैठकमा समेत सहभागी हुनसमेत उहाँले अनिच्छा जनाउँदै आउनुभएको थियो ।

यस्तो अवस्थामा त्यो पनि कोटेश्वर पेरिस डाँडामा बोलाइएको बैठकमा जाने सम्भावना अत्यन्त न्यून थियो । संविधान दिवसको कारण देखाएर बैठक नै स्थगित गराइदिएपछि अहिले टण्टै साफको अवस्था देखिएको हो ।

टिप्पणीहरू