आज सबै अदालत बन्द

आज सबै अदालत बन्द

आज देशभरका सबै तहका अदालत बन्द हुने भएका छन् । १०४ वर्षको उमेरमा दिवंगत पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको शोकमा अदालत बन्द हुने भएको हो । उनी नेपालको न्यायालयका प्रारम्भिक चरणका प्रधानन्यायाधीश हुन् ।

पहिला प्रधान न्यायालय भन्ने थियो । त्यसमा दार्जिलिङबाट ल्याइएका हरिप्रसाद प्रधान प्रमुख थिए । पछि २०१३ सालमा राजा महेन्द्रले उनलाई हटाएर अनिरुद्रप्रसाद सिंहलाई सर्वोच्च अदालत नामाकरण गर्दै प्रधानन्यायाधीश तोके ।

उनले २०१३ जेठ ८ गतेदेखि २०१६ असार १५ सम्म उनी प्रधानन्यायाधीश रहे । उनी सीधै प्रधानन्यायाधीश हुने नेपालका एकमात्र व्यक्ति हुन् ।

टिप्पणीहरू