‘हुन्छ’ त हुन्छ तर पक्काचाहिँ के हुन्छ ?

‘हुन्छ’ त हुन्छ तर पक्काचाहिँ के हुन्छ ?

अबदेखि नेकपाको धेरैजसो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नभई पार्टी कार्यालयबाट हुने भएको छ । पछिल्लो अढाई वर्षमा अधिकांश बैठक बालुवाटारमा हुँदा नेकपाको सर्वत्र आलोचना भएको थियो । शुक्रबार बिहान ११ बजे डाकिएको सचिवालय बैठक पेरिस डाँडास्थित कार्यालयमा हुने भएको हो ।

बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ‘सँधै सरकारी निवासमा पार्टी बैठक सञ्चालन गर्दा इमेज बिग्रने खतरा बढ्दै गएको छ भने पार्टी गतिबिधि पनि कमजोर देखिँदै गएकाले सचिवालयको आगामी बैठक पार्टी अफिसमा गरौं’ भनेपछि प्रधानमन्त्रीले ‘हुन्छ’ भन्नुभएको बताइएको छ । तपाईं जसरी पनि आउनुपर्छ भन्ने अनुरोधमा समेत “हुन्छ” भन्ने जवाफ गएको थियो ।

धुम्बाराहीस्थित पूर्व एमाले पार्टी कार्यालयको भुईं तलामा गर्दा ओस र स्वच्छ हावा कम हुने भएकाले पेरिस डाँडाको घाम लाग्ने माथिल्लो तलामा गर्ने तयारी गरिएको छ ।

टिप्पणीहरू