रोमान्स गर्न खोज्दा चेली प्रहरी खोरमा « janaaasthanews
३ आश्विन २०७७, शनिबार

रोमान्स गर्न खोज्दा चेली प्रहरी खोरमा



उखानै छ, झुठो बोल्यो कि पोल्यो । हो ठ्याक्कै यही उखान लागू भएको छ, बर्दिया ठाकुरबाबा नगरपालिका –४ मैनवाकी आशिककुमारी चौधरीको हकमा । उनले सामाजिक सञ्जाल फेसबुकमा धेरै बठ्याइँ गर्दै झुठको खेती गरिन् । त्यतिले मात्र पुगेन, प्रहरीसँगै झुट बोल्दा अहिले उनी प्रहरीको खोरमा पुगेकी छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित शान्ति चौधरीको घरमा कोठा भाडामा लिएर बस्ने ३३ वर्षीया चौधरी फेसबुकमा सानु दहितका नाममा फेक आइडी बनाएर अनेक गर्दिरहिछन् । सुन्दर युवतीहरूको फोटो आफ्नो प्रोफाइलमा राख्दै उनले फेसबुककै माध्यमबाट विभिन्न युवासँग लभ अफेयर चलाउँदै आइरहेकी रहिछन् ।

उनको फेसबुके लभमा परेर नवलपरासीबाट भेट्न एक युवक नेपालगञ्ज आउने भएपछि उनी आपतमा परिन् । लभमा परेका ती युवकसँग चौधरीले भिडियोमा कुरा गर्न चाहिरहेकी थिइनन् । अन्ततः उनलाई नेपालगञ्जमा नआउन भन्दै भाद्र २६ गते आफ्नो घर पोखरामा पनि भएको बताइन् र बाटोमा भेटी पोखरा सँगै जाउँला भनेर कन्भिन्स गरिन् । उक्त युवकबाट बच्न खाली दिमाग, सैतानको घर भनेझैं उनले आफ्नो अपहरणको नाटक गरी झुट्टा अफवाह फैलाइन्, जसको आरोपमा उनी अहिले प्रहरी हिरासत पुगेकी छन् ।

प्रहरीका अनुसार आफू आफ्नो घर पोखरा जाँदै गर्दा बीचबाटो चन्द्रौटामा अपरिचित व्यक्तिहरूले मलाई नियन्त्रणमा लिएर कोठामा लगी  साथमा भएको सुन, मोबाइल, गाडीको चाबी लगेकाे र आफूलाई कोठामा राखेको भन्दै उनले बाँके प्रहरीलाई खबर गरिन् । महिला त्यसमा पनि बाटोमा अपहरण भएको भन्ने बिषय संवदनशील थियो । प्रहरी तत्काल एक्सनमा आयो ।

भाद्र २६ गते शुक्रवारदेखि २७ गते शनिबारसम्म प्रहरीले सो विषयमा व्यापक चासाे लिएर अनुसन्धान गर्दा उनको अपहरण झुठो भएको तथ्य पत्ता लगायो । उनी शनिबार फुल्टेक्रास्थित आफ्नै डेरामा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएर आइतबर सार्वजनिक गरेको छ । बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले सबै काल्पनिक कथा बनाएर प्रहरीलाई चौधरीले झुक्याएको बताए । उनले चौधरीलाई कानुन बमोजिम कारबाही हुने जानकारी दि । उनले फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागि नाटक गरेको प्रहरीलाई बयान दिएकी छन् ।

नमस्कार शाह (नेपालगञ्ज)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पाँच वर्षीय संविधान
अनि कसरी मन मान्छ अरुको ?
भोलि पाँचसय जनालाई तक्मा
श्रीमतीले समाउने, श्रीमानले फसाउने