सम्धीपछि भाइको जय

सम्धीपछि भाइको जय 

रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त भएपछि सरकारको व्यापक आलोचना भयो ।

तर, यसैबीचमा आफन्त पोस्ने धन्दा भने रोकिएन ।
भर्खरै स्वास्थ्य वीमा बोर्डको सञ्चालक समिति सदस्य नियुक्त भएका छन्, प्युठानका चन्द्रबहादुर थापा क्षेत्री । उनी हुन्, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका भाइ । चन्द्र तिलगङा आँखा अस्पतालका कर्मचारी हुन् । 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाचाहिँ रक्षामन्त्री ईश्वर पोखरेलका निकटस्थ हुन् ।

टिप्पणीहरू