राप्रपाले देखाएन रहर

राप्रपाले देखाएन रहर

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीचको एकीकरण छ महिनासम्म पनि पेण्डिङ्गमा छ ।

गत फागुन दोस्रो साता दुईवटै दलले एकीकरण गर्ने निर्णय गरेर चैत १० गते निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । कानुनतः ४५ दिनभित्र दल दर्ताको प्रक्रिया छिनोफानो गर्नुपर्ने व्यवस्था लकडाउनलाई देखाउँदै भदौ मसान्तसम्म आइपुगेको हो । आयोग स्रोतका अनुसार निवेदन हालेपछि राप्रपाको तर्फबाट एकीकरणको खोजीनीति गर्न चरोमुसो पनि कान्तिपथ पुगेन ।

आयोगले पनि आवश्यक कागजात नभएको र सर्वोच्चको आदेशबमोजिम लकडाउनलाई शून्य समय मान्दै साउन दोस्रो सातादेखि मात्र प्रक्रिया अघि बढाइदियो । यसबीच आवश्यक कागजातसहित आगामी आइतबार आफूहरू उपस्थित हुने जानकारी नेता दिपक बोहोराले आयोगलाई गराएको बताइएको छ ।

एकीकरण हुन चाहेका दुईवटै दलले आयोगमा अहिलेसम्म एकीकरण हुन गरिएको निर्णयको माइन्युट, सम्झौता, एकीकरणपछिको केन्द्रीय समितिको निर्णय, एकीकरणपछि बनाइएको दलको विधान, नियमावली तथा घोषणापत्र र एकीकरणअघिका दुईवटै दलका दल दर्ताको प्रमाणपत्र समेत हालसम्म पेश गरेका छै्नन् ।

यसअघि संघीय समाजवादी र राजपाले तोकिएको समयमा एकीकरणको काम सकिसकेका छन् भने एमाले पनि दर्ता भैसकेको छ । तर, लकडाउन र विविध कारण भनिएपनि आफैँभित्रको आन्तरिक किचलोले राप्रपाले आवश्यक कागजात पेश गर्न नसकेको स्रोतको दाबी छ ।

टिप्पणीहरू