क्याबिनेट निर्णय: मन्त्रीहरु नै बेखबर

क्याबिनेट निर्णय: मन्त्रीहरु नै बेखबर

क्याबिनेट बैठकमा उपस्थित मन्त्रीहरु नै चकित खाने गरी त्यही बैठकको निर्णयअनुसार निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

स्रोतका अनुसार बैठकपछि माइन्युट संशोधन गरेर डा। खतिवडा मन्त्रीसरहको सुविधा पाउने गरी सल्लाहकार नियुक्त भएका हुन् । यससँगै गम्भीर प्रश्न उठेको छ कि, क्याबिनेट बैठकमा पेश भएका प्रस्ताव र सार्वजनिक हुने निर्णय फरक हुने ! सोमबार पर्यटन मन्त्री योगेश भट्टराईले आन्तरिक हवाइसेवा असोज ५ बाट शुरु हुने निर्णय सुनाए । तर, मंगलबार सरकारको तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैठकका निर्णय सार्वजनिक गर्दा १ गतेको कुरा आएको छ । डा. खतिवडाबारे भएको निर्णय त बैठकमा उपस्थित मन्त्रीले चालै पाएनन् !

डा. खतिवडा सल्ललाहकार नियुक्त हुने खबर जनआस्थाको अनलाइन संस्करणले सोमबार नै सार्वजनिक गरेको थियो । बालुवाटारस्रोतले जनआस्थालाई बताएअनुसार अर्थ मन्त्रालयमा डमीका रुपमा एक महिला माननीयलाई राज्यमन्त्रीका रूपमा पठाउने र प्रधानमन्त्रीका विशेष सल्लाहकारका रुपमा मन्त्रालयचाहिँ डा। खतिवडाले चलाउने कुरा उल्लेख थियो ।

स्रोतका अनुसार प्रधानमन्त्रीले फेरि आफूखुशी राज्यमन्त्री नियुक्त गर्ने कुरा आएपछि नेकपाबृत्तमा व्यापक विरोध भयो । त्यसपछि उहाँ त्यस्तो कदमबाट पछाडि हट्नु भएको छ ।

टिप्पणीहरू