जुँगाको रेखी नबस्दै डलर स्याहार्ने जिम्मा

जुँगाको रेखी नबस्दै डलर स्याहार्ने जिम्मा

नेपालको कानुनमा १६ वर्षको उमेर पुगेपछि एउटा नाबालक बालिग मात्र हुने हो । कानुनी रुपमा उसले हैसियत पाउन विभिन्न प्रयोजनमा १८, २१ वा सोभन्दा माथिको उमेर पुगेको हुनुपर्छ । तर, डलर अर्बपति विनोद चौधरीका तीन जनामध्ये एउटा छोरालाई १५ वर्षको उमेरमा एउटा कम्पनीको प्रबन्ध निर्देशक बनाएको देखिएको छ ।

उनका जेठा छोरा निर्वाण काठमाडौं र नेपालस्थित अधिकांश व्यवसाय र मूल खातापाता सम्हालेर बस्छन् । अहिले ३८ वर्षका उनी नबिल बैंक सञ्चालक समितिदेखि धेरैवटा कम्पनीका हर्ताकर्ता हुन् ।

३५ वर्षका माहिलो छोरो राहुल दुबईमा बस्छन् । उनी विशेषगरी युरोप, अमेरिका, अफ्रिका, जापान, सिंगापुर र मध्यपूर्वमा रहेका चौधरी ग्रुपका महँगो होटल, रिसोर्ट र अन्य अफशोर व्यवसायमा सक्रिय छन् ।

त्यसैगरी कान्छो छोरो ३३ वर्षका भए । उनी नयाँ दिल्लीमा बसेर नेपाल र बाँकी विश्वमा रहेका ग्रुपको व्यवसायलाई समन्वय गर्छन् । डलर अर्बपति तथा बुबा विनोद चौधरी सानेपा र रविभवनमा आउजाउ गर्दै तीन वटै छोराको कमाईको हिसाब राख्ने मुन्सीको भूमिकामा ग्रुपको प्रेसिडेण्ट हुन् ।

त्यत्ति ठूलो व्यवसायमा एउटा नाबालकलाई एमडी बनाएर चौधरीलाई नायबी चलाउन के कुरोले
प्रेरित वा बाध्य बनाएको थियो होला ?

केहि समयदेखि चौधरी ग्रुपको विदेशस्थित व्यवसायमा गरिएको अर्बौं डलर लगानीको स्रोतको आधिकारिकताको विषयले प्रमुखता पाएको छ । त्यसमध्ये पनि गाँठी कुरो नबिलमा गरिएको लगानीको विषय सँधै पेचिलो बन्दै आएको छ ।

ढाकास्थित एनबी इन्टरनेशनल र सिनोभेसन ईंन्कको नामबाट गरिएको लगानी र त्यसको प्रतिफल (रिटर्न) को कानुनी औचित्य र प्रयोगमा अनेकौं आशंका उठाइएको छ ।

निजी कम्पनीमा जसले जे गरेपनि हुने भन्ने कानुनी व्यवस्था छैन । न्यूनतम कानुनी व्यवस्थाको पालना जुनसुकै कम्पनीले गर्नुपर्छ । तर, यतिखेर क्रमशः ३८, ३५ र ३३ वर्षका छोरामध्ये माहिलोलाई चौधरीले दश कक्षा उत्तिर्ण हुँदा नहुँदै ग्रुपको प्रबन्ध निर्देशक (एमडी) बनाएको अभिलेखबाट पुष्टि हुन्छ । चौधरी पुत्रहरुले विद्यालय शिक्षा पनि भारतको देहरादूनबाट पूरा गरेका हुन् ।

अमेरिकामा ६ वर्ष रहँदा एउटा सामान्य विद्यालय उमेरको केटोले कसरी काठमाडौंमा रहेको
उक्त कम्पनीको एमडीको जिम्मेवारी हाँके होलान् ।

प्राप्त विवरणमा सन् १९८४ मा जन्मेका राहुल सन् १९९९ देखि सन् २००० सम्मको एक वर्ष चौधरी ग्रुपको एमडी थिए । त्यति सानो उमेरमा उनलाई के कारणले एमडी बनाउने आवश्यकता पर्यो होला ? न शैक्षिक योग्यता, न उमेर के कारणले ग्रुपको कागजी मालिक बनायो ? विनोदको आम्दानीझैं उक्त विषय पनि अहिलेसम्म रहस्यमय नै देखिन्छ । नेपालकै इतिहास पल्टाउने हो भने राजनीतिमा राजा र भाइभारदारहरुले नायबी शासन सञ्चालन गरेको पढ्न सकिन्छ । तर, त्यत्ति ठूलो व्यवसायमा एउटा नाबालकलाई एमडी बनाएर चौधरीलाई नायबी चलाउन के कुरोले प्रेरित वा बाध्य बनाएको थियो होला ?

उनै राहुललाई विनोदले सन् २००१ देखि २००६ सम्म अध्ययनको लागि अमेरिकाको मायामी विश्वविद्यालयमा पठाएका थिए । त्यो अवधिमा उनी काठमाडौं वा भारतमा समेत थिएनन् । उमेर पनि मुश्किलले १६ वर्ष थियो । उनै सन् २००० देखि हालसम्म सीजी कर्प ग्लोबलको एमडी रहिआएका छन् ।

अहिलेको उमेरमा एमडी हुनु नौलो विषय भएन । आवश्यकता नै होला । तर, बीस वर्षअघि केटौलो उमेरमा उनैलाई एमडी बनाएको विषयलाई चौधरी परिवारले समेत अचम्म मानेको थियो । अमेरिकामा छ वर्ष रहँदा एउटा सामान्य विद्यालय उमेरको केटोले कसरी काठमाडौंमा रहेको उक्त कम्पनीको एमडीको जिम्मेवारी हाँके होलान् त्यो पनि रहस्यमय नै देखिन्छ ।

टिप्पणीहरू