वामदेवको बाटो भोलि फुक्दै

वामदेवको बाटो भोलि फुक्दै

पटकपटक निर्णय हुँदै र अड्कदै आएको नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लाने विषयको भोलि बेलुकासम्ममा यौटा टुङ्गो लाग्ने भएको छ ।

आज दुई अध्यक्षवीचको छलफलपश्चात् भोलिको क्याबिनेट बैठकबाट यससम्बन्धी निर्णय रास्ट्रपतिसमक्ष पठाइने तय भएको हो । संसदमा प्रवेश नै गराए तापनि प्रधानमन्त्री केपी ओली गौतमसहित नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउन भने इच्छुक देखिनुभएको छैन ।

सम्विधानको धारा ७८ यसमा बाधक रहेको उहाँको ठहर छ,अर्का अध्यक्ष प्रचण्डले भने सँसदमै नपसी युवराज खतिवडा मन्त्री बन्न योग्य हुने अनि बामदेव र नारायणकाजी माननीय बनिसकेपछि मन्त्री बन्न नहुने-यस्तो विभेद पनि हुन्छ र भनी राय बझाउनुभएको बताइन्छ ।

टिप्पणीहरू