दशबाट कति कोसेली देलान् ?

दशबाट कति कोसेली देलान् ?

गुणस्तरहीन र महँगो मूल्यका स्वास्थ्य सामग्री खरिद गरेको ओम्नी काण्डले सरकारलाई हदैसम्म बदनाम गराएको घटना पुरानो भइसकेको छैन । फेरि त्यस्तै काण्ड बल्झाउने गरी स्वास्थ्य सेवा विभागबाट महँगोमा स्वास्थ्य सामग्री खरिद गर्न चलखेल भएको छ । १० करोड बराबरका भेन्टिलेटर र मनिटर खरिद गर्न लागिएको हो ।

उनीहरूले फिलिप्स कम्पनीको क्याटलगलाई हुबहु टेण्डरको विवरणमा समावेश गरेर खरिद सामग्रीको स्पेसिफिकेसन तयार गरेका छन् । जसले गर्दा अन्य कम्पनीले प्रतिस्पर्धाबाट सोझै बाहिरिनुपरेको छ । यसबाट डिजी दीपेन्द्ररमण सिंह र खरिद शाखाका रमेश खरेलले राम्रै कोसेली पाउनेछन् ।

क्याटलग हुबहु समावेश गरेर भेन्टिलेटर र मनिटर खरिद गर्न लागेको सूचना स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि पाइसकेका छन् । तर, हालसम्म उक्त प्रक्रिया रद्द नभएकाले कमिसनको चलखेल त्यहाँ जिन्दावाद हुने देखिएको छ । यद्यपि, यसबारे डिजी दीपेन्द्ररमण सिंहले चाहिँ आफू यसबारे अनभिज्ञ रहेको बताएर पानीमाथिको ओभानो हुन खोजेका छन् ।

टिप्पणीहरू