नक्कली पत्रकार च्याप्पै

नक्कली पत्रकार च्याप्पै

राज्यले पत्रकारहरुलाई सहज समाचार संकलनका निम्ति हरेक प्रकारका बन्द, हड्ताल र निषेधित क्षेत्रमा सहज प्रवेश दिँदै आएको छ । त्यही नाममा कतिसम्म दुरुपयोग हुन थाल्यो भने, सुरक्षाकर्मीको आँखा छल्न सवारी साधनमा प्रेस टाँस्ने, तर भित्रको स्थिति फरक हुने ।

भर्खरै प्रहरीले बल्खुमा प्रेस लेखेर  सवार एक अत्याधुनिक कारलाई सोधपुछ गर्यो, तर उनी पत्रकार थिएनन् । चालकसँग प्रेस पास माग्यो । उनीसँग अर्कै परिचयपत्र थियो । वास्तविकताचाहिँ के रहेछ भने, उनका बाबु पत्रकार नै हुन् । बाबु पत्रकार हुनुकै नाताले छोरा हरेक दिन गाडीमा प्रेस टाँसेर चलाउन पल्किएका रहेछन् ।

बाबु पत्रकार हुनुकै नाताले छोरा हरेक दिन गाडीमा प्रेस टाँसेर चलाउन पल्किएका रहेछन् ।

अर्को अचम्म कस्तो छ भने, प्रेरणा इन्टरटेन्मेण्ट नाम एउटा मनोरञ्जन कम्पनी छ । मिकल लिम्बू त्यससँग सम्बन्धित अभिनयकर्ता हुन् । चेकिङमा बसेको प्रहरीले यो सबै कथा हेर्दैनन् भन्ठानेर सम्पूर्ण विवरणभन्दा आकर्षक अक्षर र साइजमा प्रेस आइडी लेखियो । पत्रकार होइन ।

समाचार संकलन र सम्प्रेषणसम्बन्धी काममा हिँडेको पनि हैन । तर, कार्डमा प्रेस लेखिदिएपछि प्रहरीले परैबाट छाडिदिन्छ भनेर जे पनि गरिदिने प्रवृत्तिका कारण केही दिनअघि बागबजारबाट एकजना कम्प्युटर डिजाइनर पक्राउ परेका थिए । उनले यस्तै नक्कली पत्रकारका निम्ति प्रतिव्यक्ति पाँच सयका दरले कार्ड बनाइदिँदै आएका थिए ।

टिप्पणीहरू