सुदूरपश्चिममा नेकपा कमजोर बनाउने धन्दा !

सुदूरपश्चिममा नेकपा कमजोर बनाउने धन्दा !

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमण गरी फौज तैनाथ गरेको छ । जनप्रतिनिधिहरु र जनताको व्यापक दवावपछि नेपाल सरकारले उक्त क्षेत्रलाई समावेश गरेर नेपालको नक्शा जारी गरको भएपनि त्यहाँबाट भारतीय फौंज फिर्ता पठाउनेतर्फ सरकारले कुनै पहल गरेको छैन ।

अर्कोतर्फ त्यस प्रदेशमा नेकपाको बहुमत भएको र त्यस पार्टीका अत्याधिक नेता र कार्यकर्ताहरु भारतीय अतिक्रमित भूभागबाट विदेशी फौंज हट्नुपर्छ भन्ने पक्षमा भएकाले नेकपालाई कसरी कमजोर पार्नसकिन्छ र भारतीय अतिक्रमण विरोधी आवाजलाई कसरी दवाउन सकिन्छ भन्ने गम्भीर षडयन्त्र भइरहेको सुदूरपश्चिम प्रदेशमा व्यापक चर्चा छ । यसकालागि नेकपा पंक्तिलाई विभाजित गर्ने, भारतीय सहयोगमा विभिन्न फाउण्डेशन र गतिविधि सञ्चालन गर्ने र यसको माध्यमबाट देशभक्तिपूर्ण आवाज उठाउनेहरुका विरुद्ध गुटवन्दी र कुप्रचार अभियान सञ्चालन गर्ने सुनियोजित षडयन्त्र भइरहेको कुरा खुल्न आएको छ ।

यस कार्यको नेतृत्व अहिले उद्योग, वाणिज्य र आपूर्ति मन्त्री लेखराज भट्टले गरिरहेको कुरा सुदूरपश्चिममा व्यापक चर्चा छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई हटाएर आफुले रोजेको व्यक्तिलाई मुख्यमन्त्री बनाउँछु भनी केही समय अघि प्रचार गर्दै हिडेका लेखराज भट्ट त्यसमा पूर्ण असफल भएपछि अहिले मुख्य मन्त्रीलाई कहिले मैले मुख्यमन्त्री बनाएको भारतको चौकिदार र कहिले अयोग्य व्यक्तिलाई बनाइएछ, अब हटाइन्छ भन्दै मुख्यमन्त्रीका विरुद्ध हात धोएर लागेको कुरा डोटी र कैलाली जिल्लामा व्यापक सुनिन्छ । मन्त्री भट्टले विभिन्न उद्योगपति र व्यवसायीहरुसंग रकम संकलन गरी केही मानिसहरुलाई रकम दिएर जिल्लामा पठाई गुटवन्दी गराउने र मानिसहरुलाई उक्साउने गरेको बुझिएको छ । विशेषगरी हालै अछाम जिल्लाको रामरोशन गा.पा. मा खगेन्द्र रोकाया, दीपक साउद र गोविन्द साउद मार्फत केही खाद्यान्न र पैसा परिचालन गरेको स्थानीय कार्यकर्ताहरु वताउँछन् । गोविन्द साउदलाई दुई लाख रुपैयाँ दिएर पठाइएको कुरा गाउँका कार्यकर्ताहरुले भनेका छन् ।

यससम्बन्धमा नेकपाको स्थानीय पार्टी कमिटीलाई भने कुनै जानकारी छैन । मन्त्री लेखराजले भट्ट थरका मानिसहरु भएको ठाउँमा भट्टहरु एक हुनुपर्छ भनी उक्साउने गरेको कुरा पनि कञ्चनपुर नेकपा पंक्तिमा चर्चा छ । हालै कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले नेपालको सीमा प्रशासन तथा तस्करी नियन्त्रणमा कडाई गरेपछि मन्त्री भट्टले गृहमन्त्रीलाई गलत कुरा लगाएर अचानक सरुवा गराएको कुरा पनि त्यहाँ चर्चित छ ।

गत आम निर्वाचनको समयमा दीपक साउदले धनगढीको एउटा होटलमा नेपाली कांग्रेसका नेताहरुसंग बसेर षडयन्त्र गरेको भनेर गुनाशो गर्दे हिड्ने मन्त्री लेखराज भट्टले मन्त्री भएपछि कठीन अवस्थामा लामो समयसम्म स्वकीय सचिवजस्तै भएर काम गरेका दिनेश शाहलाई हटाएर आफ्नो भान्जालाई स्वकीय सचिव र दीपक साउदलाई अघोषित सल्लाहकार किन बनाउन पुगे भन्ने प्रश्न उनी निकटका मानिसहरुले गरिरहेका छन् । यस प्रसंगमा मन्त्री भट्टले केही समय अघि मन्त्री विदेश जाँदा जिम्मेवारी विधिवत् कुनै अर्को व्यक्तिले सम्हाल्नु पर्ने औपचारिकताको समेत उल्लंघन गर्दै एक हप्ता बढी भारतको महाराष्ट्रको भ्रमण गरेको र त्यसबेला त्यहाँका मुख्य मन्त्रीसंग र राज्यपाल भगतसिंह कोसियारीका मानिसहरुसंग गोप्य भेट गरेको, नेपाल फर्केपछि केही मानिसहलाई मलाई भारतले पूरै सहयोग गर्ने भएको छ, कसैले केही गर्नसक्दैन भनेको कुरा उनका निकटका मानिसहरुले भन्ने गरेका छन् ।

भगतसिंह कोरियारीसंग लेखराज भट्टको पहिले देखिनै सम्बन्ध रहेको कुरा त्यसबेलाका जानकार साविकका माओवादी कार्यकर्ताहरुले भन्ने गरेका छन् । भारतबाट फर्केपछि नै मन्त्री भट्टले अध्यक्ष प्रचण्ड र सुदूरपश्चिम इञ्चार्ज भीम रावल विरुद्ध निकै सक्रियता बढाएको जानकारहरु वताउँछन् । यसै सन्दर्भमा नै मन्त्री भट्टले आम निर्वाचनमा आफुलाई हराउन भूमिका खेलेको भनी आरोप लगाइएका दीपक साउदलाई अघोषित सल्लाहकारको रुपमा निकट राखेर कमिशन र फाइदाको स्वाद दिनथालेको चर्चा छ । गत आम निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई हराउन नेपाली कांग्रेसका उम्मेदवारसंग रु.४० लाख लिएको र त्यसमा दीपक साउद र खगेन्द्र रोकाया लगायतका मनिसहरु संलग्न रहेकोले कार्वाइका लागि निर्वाचन परिचालन कमिटीका संयोजक झंकर साउद (भाष्कर)ले पार्टीमा पठाएको उजुरीलाई समेत लेखराज भट्टले नै लुकाएको कुरा अहिले खुल्न आएको छ ।

हाल मन्त्री भट्टले मत जमिन्दारको सन्तान हुँ, मभन्दा ठूलो नेता सुदूरपश्चिममा कोही हुनसक्दैन भन्दै जहाँ जहाँ पर्टीमा अन्तरविरोध हुन्छ, ती अन्तरविरोधहरुको दुरुपयोग गर्दै काठमाण्डौबाट फोन गर्ने, गुटका भित्रिया मानिसहरु पठाई प्रलोभन र धम्की दिने र पार्टीको संगठनात्मक प्रणालीलाई कमजारे पार्ने काममा तीव्रता ल्याएको कुरामा सुदूरपश्चिम प्रदेशका नेकपाका कार्यकर्ताहरु गुनासो गर्न लागेका छन् । यसै मेसोमा कार्यकर्ताहरुले मन्त्रीको चरित्र र नैतिकताको कुरा पनि उठाउँदै आएका छन् र त्यससम्बन्धी कुरा सार्वजनिक पनि भएका छन् ।

मन्त्री भट्ट भने पहिले मन्त्री हुँदा सुपारी काण्डमा संलग्न भनी गन्हाएका सरल भनिने ओम प्रकाश भाट र दीपक साउदजस्ता अन्तरघातीहरुलाई च्यापेर अब मलाई मन्त्री र सांसद हुनुछैन जे जे गर्नसक्छु गरेर जाने हो भन्दै गुट सञ्चालनमा तल्लीन रहेको निकटका मानिसहरुले भन्ने गरेका छन् । स्मरणीय छ, मन्त्री भट्टले पदको प्रभाव दुरुपयोग गरेर कैलालीमा रहेको आफ्नो ग्यास कम्पनीलाई एकजना ग्यास व्यवसायीलाई ठूलो रकममा किन्न लगाएका थिए । अहिले उद्योग, वाणिज्य र आपूर्ति मन्त्रीको निवास र मन्त्रालयमा विचौलिया र कमिशनखोरहरुको विगविगी रहेको कुरा समाचार माध्यमहरुमा आइनै सकेको छ ।

टिप्पणीहरू