भोलीदेखि यातायातमा जोरविजोर लागू, व्यापार-व्यवसाय खुल्ने !

भोलीदेखि यातायातमा जोरविजोर लागू, व्यापार-व्यवसाय खुल्ने !

काठमाडौं जिल्ला प्रशासन कार्यालयले भोलीदेखि निषेधाज्ञा खुकुलो पार्ने भएको छ ।

काठमाडौं उपत्यकामा गत ४ भदौंदेखि जारी निषेधाज्ञा क्रमश खुकुलो पार्दै भोलीदेखि सार्वजनिक र नीजि सवारी साधन चलाउन दिने निर्णय भएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालयले व्यापार व्यवसाय गर्ने दिने भएको छ । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि खुकुलो बनाउने निर्णय गरेका हुन्। उपत्यकाको आन्तरिक सवारी जोरबिजोर प्रणालीबाट व्यवस्थित गर्ने र खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका पसल दिनभर खोल्न दिइने बताए। स्वास्थ्य सुरक्षाका उपाय अपनाएर अन्य व्यापार व्यवसाय पनि गर्न दिइने भएको छ।

एक साताको अवस्थालाई हेरेर निषेधाज्ञाबारे पुनर्विचार गरिने जिल्ला प्रशासन कार्यालयको भनाई छ ।

टिप्पणीहरू