वामदेव र नारायणकाजीका बाधा

वामदेव र नारायणकाजीका बाधा

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जुनसुकै नाम र बहानामा मन्त्री नबनाउने योजनामा अघि बढ्नुभएको देखिँदै गएको छ । गौतम र श्रेष्ठ नेकपा सचिवालयका पाँच भाइमध्येका दुई वरिष्ठ र बलिष्ठ खम्बा हुन् ।

ती खम्बाले यसो मुण्टो हल्लाउँदा वा कहिलेकाँही नहल्लाउँदा सरकारको भविश्य र स्थिरता नै तलमाथि हुनसक्छ । तर पनि ती दुईलाई सरकारमा लैजाने लक्षण देखिएको छैन ।

सरकारमा लैजाँदा एक जनालाई अर्थको र अर्कोलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनुपर्ने हुन्छ । तर, यी दुईलाई ती दुई मन्त्रालयको जिम्मा दिएर बालुवाटारले सरकारमा लैजाने सम्भावना भने अत्यन्त क्षीण हुँदै गएको छ ।

 ‘दोश्रो  र तेस्रो बरियतासहित त्यस्तालाई सरकारमा ल्याउने हो भने भित्रभित्रै हुँडलो र बबाल मच्चाउँछन्’ भन्ने बालुवाटारको निश्कर्ष हो ।

गौतम र श्रेष्ठले पछिल्ला दिन पार्टीबाट बालुवाटारलाई यो वा त्यो नाममा हैरान खेलाएको बुझाई छ । ‘दोश्रो  र तेस्रो बरियतासहित त्यस्तालाई सरकारमा ल्याउने हो भने भित्रभित्रै हुँडलो र बबाल मच्चाउँछन्’ भन्ने बालुवाटारको निश्कर्ष हो ।

अहिले सरकारमा प्रधानमन्त्रीले जे भनेपनि मान्ने,शीरोपर गर्ने र एकरत्ति पनि असहमति राख्न नसक्ने मन्त्रीहरूको बाहुल्य छ । उमेर,अनुभव र राजनीतिक परिपक्वताको हिसाबले बालुवाटारले उनीहरूलाई भुराभरीको विशेषण भिराउँदै आएको छ ।

तर,गौतम उमेर,अनुभव र नेकपामा उपाध्यक्ष र श्रेष्ठ पनि पटक पटकको उपप्रधानमन्त्रीको अनुभवसहित प्रवक्ताको हैसियतले सरकारमा ‘निहुरीमुन्टी न’ भएर बस्दैनन् भन्ने बालुवाटारको निचोड हो । सरकारमा त्यस्तो असहमति,फरक धारणाको वातावरण र अवस्था आएमा त्यो प्रधानमन्त्रीको लागि कदापी शोभनीय र क्षम्य हुने  छैन ।

वेस्टमिनिस्टर (बेलायती) शैलीको हाम्रो प्रधानमन्त्रीय पद्धतिमा अरुले चुँ समेत गर्न नपाउने प्रधानमन्त्रीको चाहनाले गौतम र श्रेष्ठलाई अब राष्ट्रिय सभाको सदस्यमै सीमित गर्ने सम्भावना प्रबल हुँदै गएको हो ।

टिप्पणीहरू