उसै त जेल, पैसाको खेल

उसै त जेल, पैसाको खेल

अघिल्लो महिनाको सामान्य वर्षा र हुरीले भत्किएको डिल्लीबजार, चारखालस्थित कारागारमा अर्को लाजलाग्दो बदमासी देखिएको छ । देखादेखी सरकारी कोषको रकम पचाउन जेलर, इञ्जिनियर र ठेकेदारबीच मिलेमतो पाइएको हो ।

५७६ जना कैदी रहेको र भीआईपीहरुलाई थुन्नमा प्रयोग गरिने चारखाल जेल परिसरलाई पुरानो संरचनाबाट मुक्त गरी सुरक्षित बनाउने क्रममा अन्त प्रयोग गरिएको र कवाडीको इँटा र पातलो रड ल्याएर झन् खतरापूर्ण काम गरिएको हो ।

नौ इञ्चको पर्खाल चार फिट मात्र बनाउनका लागि खुलेको १५ लाखको ठेक्कामा जेलर गणेश आचार्य र ठेकेदार शंकरदत्त बडू तथा इञ्जिनियर सुभञ्जन दाहालले नियत खराब गरेको पाइएको छ ।

यस्तो सामानका भरमा उनीहरुले ९ इञ्च चौडाई र चार फिट लम्बाईको पर्खाल तयार पारिदिए । जबकी, जेलको पर्खाल भनेको मान्छे झुक्याएर छिर्न र बाहिरिन नसक्ने हुनुपर्छ । चार फिट भनेको सामान्य मान्छेले एक फड्को मार्यो भने नाघ्न सक्छ ।

यसरी १५ लाखको कामलाई ३ देखि ४ लाखको बीचमा टुंग्याउने जेल आचार्य ओखलढुंगामा सिडिओ चलाएर अघिल्लो महिना मात्र काठमाडौं भित्रिएका व्यक्ति हुन् । राजधानीमै देखिने यस्तो अनियमिततामा संलग्नहरुलाई भ्रष्टाचारमा शून्य सहनशीलताको नीति बनाउनुहुने प्रधानमन्त्री केपी ओलीले कसरी सहनुहुने हो, बालुवाटारबाट चारखालको दूरी अढाइ किलोमिटर पनि छैन ।

टिप्पणीहरू