भोलिको क्याबिनेटमा वामदेव !

भोलिको क्याबिनेटमा वामदेव !

गत फागुन १४ गते र यही भदौ १८ गतेको नेकपा सचिवालय बैठकका निर्णय सम्भवतः भोलि बस्ने क्याबिनेट बैठकमा एजेण्डा बन्ने सम्भावना बढेको छ ।

स्रोतका अनुसार भोलिको बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त सांसदमा मनोनितको लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नेछ । त्यही क्रममा निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई समेत नयाँ जिम्मेवारी दिइने सम्भावना पनि उत्तिकै छ । तर सो बारेमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाहेक बालुवाटारको किचेन क्याबिनेटका अन्य सदस्य नेपालमै कुनै जिम्मेवारी दिन अनिच्छुक देखिएकाले बैठकले यसै गर्ला भन्न सकिन्न ।

प्रधानमन्त्री जसरी पनि खतिवडालाई अर्थ मन्त्रालयको काम हेर्न मिल्ने गरी जिम्मेवारी टाँसो लगाउने पक्षमा देखिनुभएको छ । तर, हिजोदेखि झण्डाबिना उनको चाहना बालुवाटारमाभन्दा सात समुन्द्रपारिको जिम्मेवारीतिर ढल्किएको बताइन्छ ।

अर्थमन्त्रीको जिम्मेवारीबाट रातारात हात धुन बाध्य बनाउनेमा बालुवाटार किचेन क्याबिनेटका प्रभावशाली तीनजना कमरेडहरूको हात रहेको आफ्नो अनौपचारिक अभिव्यक्ति सान्त्वना दिएका निकटस्थले नै बालुवाटार पुर्याएपछि खतिवडाले मनस्थिति बदलेको आँकलन गरिएको छ ।

टिप्पणीहरू