नाकामै काम नक्कली

नाकामै काम नक्कली

उपत्यका छिर्ने प्रमुख नाका थानकोट प्रहरी बृत्तका निरीक्षक राजेश कार्कीले कारबाहीको लागि कार्यालयमा ल्याइएको १५० सिसिको पल्सर मोटरसाइकल ब्यक्तिगत प्रयोजनको लागि चढ्दै हिड्ने गरेको भन्दै उजुरी परेको छ ।

बा ४४प ६६४२ नम्बरको त्यो बाइकलाई निजले सामान्य मर्मत गरी आफैले प्रयोग गरेका छन् ।

चोरीको, बेवारिस सवारी साधनलाई कानूनबमोजिम कारबाही गर्नुपर्नेमा आफैँले चढ्नु गैरजिम्मेवार कार्य हो भनी उनैका सहकर्मीहरू मुर्मिरिएका छन् ।

टिप्पणीहरू