मन्त्रीहरूलाई खुरुखुरु काम गर्न निर्देशन !

मन्त्रीहरूलाई खुरुखुरु काम गर्न निर्देशन !

प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई कुनै हल्लाको पछि नलागी नियमित काम गर्न निर्देशन दिनुभएको छ । “मन्त्रीहरु हेरफेर हुने रे के के रे के के भनेर बजारमा खूब हल्ला चलेका छन्, यी सुनियोजित हुन्, कोही पनि तरङ्ग्गित र प्रभावित नभई निरन्तर आफ्नो कार्यसम्पादन गर्दै रहनुहोला ।” भर्खरै सम्पन्न क्याबिनेट बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई यसरी आश्वस्त तुल्याउनुभएको हो ।

अब घर गैने त हो भन्दै निरास हुने,पोकोपुन्तुरो डेरा सार्ने या फेरि दोहोरिन घरदैलो गर्नेहरुका निम्ति यो मानसिक दवाइ पनि हुनसक्छ । सोही अवसरमा अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले आजै अपरान्ह राजीनामा बुझाउने भन्दै मन्त्रीका हैसियतमा यो आफ्नो अन्तिम बैठक भएको जानकारी दिएका थिए ।

प्रधानमन्त्रीले आजै उक्त राजीनामा स्वीकृत हुने त बताउनुभयो तर रास्टृय सभामा बामदेवको नाम शीतल निवास पठाउनेबारे भने उच्चारणै गर्नुभएन । सम्भवत: बामदेवको मनोनयन र खतिवडाको नयाँ जिम्मेवारीवारे प्रधानमन्त्रीले मुख्यसचिवलाई आजकै बैठकको माइन्युटमा पार्न छुट्टै निर्देशन दिनुहुनेछ ।

टिप्पणीहरू