नबिलको नाफा र कोरोना उस्तै !

नबिलको नाफा र कोरोना उस्तै !

Nabil Bank, Darbarmarga Entry Gate

नबिल बैंकको बर्दिबास शाखाका सबै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शाखामा प्रमुखलगायत अरु तीनजना कर्मचारी कार्यरत छन् । ती सबै कर्मचारीमा सङ्क्रमण देखिएपछि हिजोदेखि पूरै कार्यालय बन्दको अवस्था आइलागेको हो ।

उता,बैंकको वीरगञ्ज शाखामा पनि दुईजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको बताइएको छ । काठमाडौंको अत्तरखेल शाखाका प्रमुख र एकजना कर्मचारीमा समेत हिजै सङ्क्रमण पुष्टि भएकोे छ ।

बैंकको पोखरा शाखामा कार्यरत एकजना सुरक्षाकर्मीको कोरोनाको कारण निधन भएपछि कार्य वातावरण जटिल बन्दै गएको बताइएको छ ।

बैंकले डिजिटल कारोबारलाई महत्व दिएको विज्ञापन सामाजिक सञ्जालमा व्यापक पारेपनि कर्मचारीमा कोरोना सङ्क्रमण फैलिएको हो । बैंकको दरबारमार्गस्थित केन्द्रीय कार्यालयको प्रवेशद्वारको तामझामलाई हेर्दा कोरोना रोकथामको लागि भरमग्दुर प्रयास गरेको देखिन्छ । तर, मोफसलका शाखाको अवस्था हरिबिजोग रहेको स्वयम् कर्मचारीहरू बताउँछन् ।

आफूलाई आम्दानी र कारोबारको हिसाबले पहिलो नम्बरको बैंक भनाउँदै आएको नबिलले कोरोना सङ्क्रमणमा पनि अरुलाई उछिनेको भन्दै तल्लो तहका कर्मचारीले दुःखेसो पोखेका छन् । यसैबीच नबिल बैंकका धेरैजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कर्मचारीका घरबेटीले समेत किचकिच गर्न थालेको बताइन्छ

टिप्पणीहरू