अर्थमन्त्रीमा खतिवडा, राष्ट्रिय सभामा कतिवटा ? « Jana Aastha News Online
Logo
१४ मंसिर २०७८, मंगलवार
|  Tue Nov 30 2021

अर्थमन्त्रीमा खतिवडा, राष्ट्रिय सभामा कतिवटा ?

प्रकाशित मिति :  १७ भाद्र २०७७, बुधबार १८:३०


राष्ट्रिय सभामा रिक्त एक जना सांसदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई कुनै पनि हालतमा मनोनित नगरी नहुने अवस्था बढेपछि बालुवाटारले नयाँ जुक्तिको तयारी गरेको छ । ‘साँप  मर्ने,लट्ठी पनि नभाँचिने’ सिद्धान्तमा राष्ट्रिय सभामा अर्को एक मनोनित सिट खाली गरेर गौतमसँगै खतिवडालाई पनि एकैचोटी सांसद बनाउने सोच बनेको तर त्यो त्यत्तिकै तुहिएको अवस्था छ ।

गौतम र खतिवडालाई एकैचोटी मनोनित गर्न पाउँदा अर्थमन्त्रीमा युवराजलाई नै तेह्रयाउन पाइने भएकाले पनि बालुवाटार ढुक्क देखिएको थियो । उता, त्यहि मेसोमा गौतमलाई राष्ट्रिय सभामा मात्र सिमित गर्न सकिने भएकाले वास्तविकता थाहा पाउँदापाउँदै बालुवाटार उक्त असफल खेलमा लागेको हुनसक्ने बताइन्छ ।

राई महिला कोटाकी हुन् भने खतिवडा अग्लो पुरुष भएकाले महिला कोटामा मनोनित गर्न विज्ञानबाहेक विद्यमान कानुनबाट सम्भवः छैन ।

तर, राष्ट्रिय सभामा सरकारको सिफारिशमा राष्ट्रपतिले गर्ने मनोनित सांसदको संख्या जम्मा तीन जना रहेको छ । त्यसमध्ये यसअघि नै खतिवडासँगै मनोनित दुई जना सांसदमा रामनारायण बिँडारी र विमला पौडेल राई हुन् । बिडारी पूर्व एमाओवादीको तर्फबाट मनोनित भएका हुन् भने राई महिला कोटामा परेकी पूर्व एमाले हुन् ।

खतिवडालाई पनि सँगै मनोनित गर्ने हो भने राष्ट्रिय सभाका राई र बिडारीमध्ये एकजनाले पदबाट राजीनामा दिनुपर्ने हुन्छ । तर, राई महिला कोटाकी हुन् भने खतिवडा अग्लो पुरुष भएकाले महिला कोटामा मनोनित गर्न विज्ञानबाहेक विद्यमान कानुनबाट सम्भवः छैन । बिडारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अति निकट भएकाले उनलाई राजीनामा गर्न लगाएर खुमलटार पनि ‘बाख्राको पुच्छर काटेर बोकालाई सजिलो’ बनाउने पक्षमा देखिँदैन ।

अर्कोतर्फ, एउटा विशुद्ध ‘टेक्नोक्रयाट’को हैसियत बनाएका खतिवडाप्रतिको आशक्तिले स्वयम् प्रधानमन्त्रीको राजनीतिक योग्यता, क्षमता, इच्छाशक्ति र उचाईमाथि नै प्रश्नचिन्ह तेर्सिएका भावनाहरू यसबीच सामाजिक सञ्जालमा पोखिएका छन् ।

भारतीय काँग्रेसले इमान्दार र विश्वसनीय ‘टेक्नोक्रयाट’ भन्दै डा. मनमोहन सिंहलाई गभर्नर, वित्तमन्त्री र प्रधानमन्त्री बनाउने अपरिपक्व निर्णय गरेको थियो । अहिले त्यही निर्णयले भारतीय काँग्रेसको हालत संसदमा वैधानिक विपक्षीको हैसियतबाट समेत झरेको छ ।

राजनीतिक लडाईंमा धेरैजना नेतालाई अवसरबाट बञ्चित गराउँदै आजीवन लाभप्रदका उच्च पदमा बस्ने खतिवडालाई नै बारम्बारको अवसर दिएकोप्रति सबैले निधार खुम्चाएका छन् । प्रधानमन्त्रीको अर्थमन्त्रीप्रतिको मोहले आफ्नो जिऊ, ज्यानको बाजी र परिवारलाई दाउमा राखेर आजीवन राजनीतिमा होमिएकाहरूको एकपछि अर्को गरी अपमानसमेत भएको छ ।

उता, भारतीय काँग्रेसले पनि इमान्दार र विश्वसनीय ‘टेक्नोक्रयाट’ भन्दै डा. मनमोहन सिंहलाई गभर्नर,वित्तमन्त्री र प्रधानमन्त्री बनाउने अपरिपक्व निर्णय गरेको थियो । अहिले त्यहि निर्णयले भारतीय काँग्रेसको हालत संसदमा वैधानिक विपक्षीको हैसियतबाट समेत झरेको छ । खतिवडाप्रतिको अप्राकृतिक मोहले प्रधानमन्त्री तथा नेकपा अध्यक्षका कारण आगामी निर्वाचनमा नेकपाको त्यहि हालत नहोला भन्न सकिन्न ।


प्रतिक्रिया दिनुहोस !