गोकुल बाँस्कोटा चोखिने निश्चित ! « Jana Aastha News Online
Logo
१७ मंसिर २०७८, शुक्रबार
|  Fri Dec 3 2021

गोकुल बाँस्कोटा चोखिने निश्चित !

प्रकाशित मिति :  १७ भाद्र २०७७, बुधबार १६:५७


कोरोना संक्रमण दोहोरिएर झण्डै तीन सातादेखि होम आइसोलेसनमा बसेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेको हिजो गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रमुखको रिपोर्ट सकारात्मक आएकै दिन आयोगले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि ७० करोड कमिशन मोलमोलाईको आरोप लगाउने विजय मिश्रलाई बयानका लागि आउन ७ दिने पुर्जी जारी गरेको छ । लकडाउन अघि जापान पुगेका मिश्र अहिले पनि उतै छन्  ।

प्रमुख आयुक्तको नेगेटिभ रिपोर्टसँगै प्रकाशित सूचनाले बाँस्कोटामाथि लागेको आरोप पोजिटिभ हुनसक्ने सम्भावना बढेको हो । भदौ २८ गते सेवानिवृत्त हुने घिमिरेको नेतृत्वमा आगामी साता बस्ने आयोग बैठकले अन्तिम क्षणमा ‘क्लिन चिट’ दिने गरी जापानमा रहेका मिश्रको नाममा ७ दिने सूचना जारी गरिएको स्रोतको दाबी छ ।

बयानको लागि बोलाइएका मिश्र यसबीचमा जापानबाट आए पनि वा नआए पनि आगामी साता ‘फाईल क्लोज्ड’ हुने सम्भावना लगभग निश्चित हुँदै गएको हाे ।

आयोग स्रोतका अनुसार बाँस्कोटा प्रकरणको अनुसन्धान लगभग सकिएको छ । कमिशन मोलमोलाईको आरोप लगाउने व्यक्ति म्यादभित्र हाजिर हुन नआएको आधारमा अनुसन्धानबाट स्वतः सफाई पाउने अवस्था रहेको बताइएको छ ।

स्रोतका अनुसार बयानको लागि बोलाइएका मिश्र यसबीचमा जापानबाट आए पनि वा नआए पनि आगामी साता ‘फाईल क्लोज्ड’ हुने सम्भावना लगभग निश्चित हुँदै गएको हाे । भ्रष्टाचार निवारण ऐन २०५९ काे दफा ४३ बमोजिम जारी गरिएको सूचना उल्लंघन गरी उनी आयोगमा उपस्थित नभएमा सोझै अनुसन्धान अधिकृतले मिश्रको आरोपमा कुनै सत्यता नभएको निश्कर्ष निकाल्दै बाँस्कोटालाई ‘क्लिन चिट’ को लागि बाटो खोलिदिने आँकलन गरिएको छ ।

हिजोको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि घिमिरेले आइतबारदेखि मात्र कार्यालयमा उपस्थित भएर आगामी शुक्रबारसम्म कार्य गर्नेछन् । तर, आगामी तीन दिन भने आयोगभित्रै रहेको निवासबाट काम चलाउने तयारी गरिएको आयोग स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !