वीर अस्पतालको सेवा बन्द

वीर अस्पतालको सेवा बन्द

नेपालकै सबैभन्दा पुरानो मानिने वीर अस्पतालका डाक्टर र नर्स गरी एकैचोटि ७१ जनामा आज कोरोना पोजिटिभ पाइएको छ । यी सबैलाई जमलस्थित एल्लो पगोडा होटलको आइसोलेसनमा लगेर राख्ने तयारी हुँदैछ । चिकित्सकहरुमै यति ठूलो परिमाणमा भाइरस संक्रमण भेटिएपछि भोलि र पर्सीका लागि ओपिडी सेवा बन्द गरिएको छ ।

उपत्यका यसरी झन् भन्दा झन् खतरनाक स्थितिमा प्रवेश गर्दै गरेको अवस्था हो । सर्वसाधारण जनताले अझै बढी सतर्कता अपनाउनुपर्ने खाँचो यसले देखाउँछ ।

टिप्पणीहरू