क्याबिनेट बैठकको ‘सादा’ वातावरण उस्तै निर्णय

क्याबिनेट बैठकको ‘सादा’ वातावरण उस्तै निर्णय

क्याबिनेट बैठकको खबर आउनेबित्तिक्कै प्रायः मन्त्रीहरू सतर्क हुने गर्छन् । बालुवाटार बाहेकका खेमासँग नजिक भनिएका मन्त्रीहरू भने बैठक नसकिउञ्जेल ‘के पो वचन आइलाग्ने हो’ भन्दै त्राहिमाममा नै बस्ने गरेका छन् ।

तर, मन्त्रीपरिषद्का पछिल्ला केही बैठक झटपट शुरु भएर फटाफट सकिने गरेका छन् । प्रधानमन्त्रीले पनि सातो खानेगरी प्रायः कसैलाई लक्षित गरेर कडा मिजासमा नबोल्नुभएको धेरै भएको एकजना मन्त्रीले बताए ।

आइतबार साँझ बसेको बैठकले मुख्यगरी तीनवटा प्रस्तावमाथि छलफल गरेर फटाफट निर्णय गरेको थियो । क्याबिनेटको निर्णयअनुसार भदौ १६ गतेदेखि खुल्ने भनिएका आन्तरिक र वाह्य नियमित उडानको तालिकालाई यहि महिनाको मसान्तसम्म रोकिएको छ । कोरोना संक्रमण झन् बढेकाले लामो दूरीका यातायात पनि भदौ मसान्तसम्म सञ्चालनमा आउने छैनन् ।

क्याबिनेटले हङ्गकङ्गको महावाणिज्य दूतमा गृह मन्त्रालयका सहसचिव उदय राना र ल्हासाको महावाणिज्य दूतमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । साथै,विभिन्न मन्त्रालय र मातहतका निकायमा रहेका अस्थायी तथा करार कर्मचारीको दरबन्दीलाई समेत स्वीकृत गरेको छ ।

टिप्पणीहरू