कोरोना पनि सरकारको हातमा ?

कोरोना पनि सरकारको हातमा ?

मुलुकमा दोस्रो कोरोना संक्रमण पुष्टि भएपछि सरकारले चैत ११ गतेदेखि बन्दाबन्दी शुरु गर्यो । बन्दाबन्दीको समयमा दक्षिणी सीमा जोडिएका जिल्लाहरूमा संक्रमितको संख्या बढेपनि अन्यत्र खासै देखिएको थिएन ।

व्यवसायीलाई कर छुटलगायतका सुविधा दिनुपर्ने आवाज उठ्न थालेपछि सरकारले साउन ६ गतेदेखि बन्दाबन्दी हटायो । चार महिनापछि सबै क्षेत्र बिस्तारै खुल्ला गर्न थाल्यो । बन्दाबन्दीमा मानिसको आवतजावत फाट्फुट्ट भए पनि साउन ६ गतेपछि ह्वात्तै बढ्यो । अघिल्लो पटकको देशव्यापी लकडाउन हटाएपछि कोरोना संक्रमण जताततै फैलियो ।

कोरोना संक्रमित बढ्न थालेपछि भदौ शुरुदेखि सरकारले बन्दाबन्दी र निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासन र निकायलाई दिने निर्णय गर्यो । त्यसको जस अपजस पनि उनीहरुकै हुनेगरी निर्णय अधिकार सबै स्थानीय प्रशासनलाई सुम्पिदियो ।

अहिले पचासभन्दा बढी जिल्ला पूर्ण रूपले बन्द छन् । त्यहि क्रममा काठमाडौं उपत्यका पनि भदौ ३ गते मध्यरातदेखि दोस्रो चरणको बन्दाबन्दीमा छ ।

साउन ६ देखि भदौ १३ गतेको अवधिमा उक्त संख्या दोब्बरभन्दा बढी भयो । आइतबार अपरान्हसम्म आइपुग्दा संक्रमितको संख्या ३८ हजार ५ सय नाघेको छ । निधन हुनेको संख्या २ सय २१ पुगेको छ ।

अघिल्लो चार महिनाको बन्दाबन्दीको समयमा १८ हजारको हाराहारीमा संक्रमित देखिएका थिए । केवल ३९ जनाको मात्र मृत्यु भएको थियो । चैत ११ गते पछिको एक महिनामा ३० जना संक्रमित भेटिएका थिए भने त्यस बखतसम्म कसैको पनि मृत्यु भएको थिएन ।

तर, साउन ६ देखि भदौ १३ गतेको अवधिमा उक्त संख्या दोब्बरभन्दा बढी भयो । आइतबार अपरान्हसम्म आइपुग्दा संक्रमितको संख्या ३८ हजार ५ सय नाघेको छ । निधन हुनेको संख्या २ सय २१ पुगेको छ ।

आजसम्म २० हजार ८ सय २२ जना निको भएर घर फर्केका छन् । जम्माजम्मी ६ लाख ८२ हजारको पीसीआर परीक्षण गरिएको छ । यसबीचमा मृत्युदर समेत बढेर ०.५७ प्रतिशत पुगेको छ ।

पछिल्लो आँकडा दोस्रो चरणको लकडाउन शुरुताका लिइएको स्वाबको परीक्षणमा आधारित रहेको बताइएको छ । अस्ति सामान्य घटे पनि हिजो फेरि संक्रमित संख्या बढेको छ । यसबाट सरकारले बन्दाबन्दीको निर्णय गरेपछि घट्ने कोरोना हटाएपछि स्वतः बढ्ने हो कि भन्नेसमेत सर्वसाधारणलाई भान परेको छ ।

टिप्पणीहरू