उमा भुजेललाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

उमा भुजेललाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

नेकपाकी नेतृ उमा भुजेललाई गैरन्यायिक थुनाबाट रिहा गर्न सर्वोच्च अदालतले सरकार र सप्तरी जिल्ला प्रहरीलाई आदेश जारी गरेको छ । उमा भुजेलको तर्फबाट निजकी बहिनी सुशीला भुजेलले दायर गरेको रिटउपर सुनुवाई गर्दै भदौ १४ गते आइतबार उक्त आदेश भएको अधिवक्ता कपिल पोखरेलले जानकारी दिएका छन् ।

नेतृ भुजेलसँगै सुमनसिंह पौडेलको हकमा पनि रिट जाहेर भएको छ । भुजेललाई सुनसरी जिल्ला अदालतले भदौ २ गते सादा तारेखमा रिहा गर्न आदेश गरेको थियो । रिहा हुनासाथ अदालत हाताबाटै गिरफ्तार गरेर दुई दिन बेपत्ता पारेपछि सप्तरी जिल्लास्थित कञ्चनपुर इप्रकामा पु¥याइएका उनीहरुलाई भारदहमा प्रहरीमाथि कर्तव्यपालना गर्न अवरोध गरेको झूठो आरोपमा अभद्र व्यवहार मुद्दा दायर गरेको थियो ।

नेताहरुको रिटमा न्यायाधीशहरु दीपककुमार कार्की र हरिकृष्ण कार्कीले फैसला गरेका हुन् । पीडितहरुका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलप्रसाद पोखरेल, चिरञ्जीवी ढकाल, शान्तिराम ढुंगाना, चुडाबहादुर निरौला, राजु ढुंगाना, सन्तोष कोइराला र पंकजकुमार कर्णले बहस गरेका थिए ।

टिप्पणीहरू