कोरोनाले रोक्यो कमरेडलाई

कोरोनाले रोक्यो कमरेडलाई

भोलिको लागि डाकिएको नेकपा सचिवालय बैठक अघिल्लो दिन स्थगित गरिएको छ । सचिवालय बैठकसँगै मन्त्रीमण्डलमा फेरबदल गर्नुपर्ने भएपछि बैठक स्थगित भएको बुझिएको छ । तर, बालुवाटार स्रोतले भने सचिवालय सदस्यद्वय रक्षामन्त्री र गृहमन्त्री निकटका व्यक्तिहरूमा कोरोना संक्रमण देखिएकाले उनीहरू स्वयम् असुरक्षित रहेको कारण देखाउँदै बैठक स्थगित गरिएको बताएको छ ।

खुमलटार निकट चारजना नेताले मन्त्रीमण्डल पुनर्गठनको बारेमा आफू निकटहरूसँग छलफल गरेको थाहा पाएपछि नयाँ रणनीति बनाउन बैठक स्थगित गरिएको एकथरीको बुझाई छ । उनीहरूका अनुसार नयाँ मन्त्रीमण्डल पुनर्गठनमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रधानमन्त्रीपछिको दोस्रो वरियताक्रम दिनुुपर्ने भनिएको छ ।

श्रेष्ठ प्रतिनिधि सभाको चुनावमा गोर्खाबाट पराजित भएतापनि रास्टृय सभामा जितेका माननीय हुन् । श्रेष्ठलाई दोस्रो वरियताक्रममा कुनैपनि हालतमा क्याबिनेटमा नराख्नको लागि बालुवाटारले अन्य कुनै पूर्व एमाले नेता दोस्रो वरियतामा रहने अवस्थाको खोजी गरेको खुमलटारको आरोप छ । खुमलटारले भने प्रधानमन्त्री पूर्व एमालेको तर्फबाट बन्ने हो भने दोस्रो वरियताको उपप्रधानमन्त्री पूर्व एमाओवादी निकटबाटै हुनुपर्ने बताएको छ ।

टिप्पणीहरू