यस्ता यौनपिपासुलाई के गर्ने होला ?

यस्ता यौनपिपासुलाई के गर्ने होला ?

यौन पिपासुहरुले कतिसम्म घृणित कार्य गर्छन् भन्ने मोरङको बेलबारी नगरपालिका –११ मा भएको एउटा घटनाले चरितार्थ गरेको छ । एक ४० बर्षीय युवकले जंङगलमा निगुरो टिप्न गएकी दलित बालिकालाई गाउँका दलित बालकहरुलाई धम्की दिदै करणी गर्न लगाएर मोबाइलमा भिडियो बनाएपछि आफूले पनि बलात्कार गरेर फरार भएका छन् ।

सुन्दै आङग जिरिङ्ग हुने यस्तो घृणित घटना ९ भदौ दिउँसो ३ बजेतिरको हो । निगुरो टिप्न लक्ष्मीमार्गस्थित लक्ष्मी सामुदायिक वनमा गएकी स्थानीय दलित समुदायकी १६ बर्षीया बालिकालाई जंङगलमा एक्लै पारेर ४० बर्षीय होम तामाङले ज्यान मार्ने धम्की दिदै बलात्कार गरेका हुन् । बलात्कार गर्नुअघि उनले डर त्रासमा पारेर ११, १२ र १३ वर्षका छिमेकी बालकहरुलाइ पनि पालैपालो बलात्कार गर्न लगाई भिडियो खिचेका थिए ।

हाल इलाका प्रहरी बेलवारीले तीन जना बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यौनपिपासु तामाङ भने फरार छन् । तामाङ्गलाई केही बर्ष अगाडि नै श्रीमतीले छाडेकोले भाइ–बुहारीको घरमा बस्दै आएका थिए ।

ईप्रका बेलवारीका ईन्स्पेक्टर ऋषिराज ढकालका अनुसार बालिकाको नाता पर्ने छिमेकी बालकहरुलाई डर त्रासमा पारेर तामाङ्गले करणी गर्न लगाएर ब्लुफिल्म बनाउन भिडियो खिचेका थिए । नातामा दिदी पर्नेलाई सामुहिक बलात्कार गर्न नमानेपछि तामाङले बालकहरुलाई लाठीले कुटपिट गर्दै ज्यान मार्ने धम्की पनि दिएका थिए ।

यसरी खुल्यो यौनपिपासु हर्कतको रहस्य

९ भदौ, दिउँसो दलित समुदायकी बालिका निगुरो टिप्न लक्ष्मी सामुदायिक बनमा गइन् । उनी बनमा गएको यौनपिपासु तामाङ्गले फलो गरिरहेका थिए । यसैले तामाङले स्थानीय दलित समुदायकै बालकहरुलाई ललाई फकाई बनमा पुर्याए । बनमा पुर्याएपछि उनले बालिकालाई बलात्कार गर्न अह्राए । बालकहरुले नमानेपछि काठको लाठीले भक्कु पिटेर ज्यान मार्ने धम्की पनि दिए । त्यसपछि बालकहरुलाई करणी गर्न लगाएर आफूले मोबाइलमा भिडियो बनाए । भिडियो बनाइसकेपछि बालकहरुकै अगाडि आफूले पनि बालिकाको बलात्कार गरे ।

छिमेकमा बस्ने बाबुसमानको मान्छेले आफूलाई बलात्कार गर्दै साना भाइहरु समेतबाट करणी गर्न लगएपछि बालिका बिक्षिप्त बनेर निगुरो नलिइकन घर फर्किन् र अभिभावकलाई सबै घटना बेलिविस्तार लगाइन् । हाल बालिकाले तामाङविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

प्रहरीले जबर्जस्ती करण्ीमा मुद्दा पनि दर्ता गराइसकेको छ । प्रहरीको नियन्त्रणमा रहेका तीन जना बालक विक्षिप्त अवस्थामा छन्। उनीहरु राम्ररी कोहीसँग पनि बोल्न मान्दैनन् । दैनिक ज्याला मजदुरी गरेर जीवन धान्ने दलित परिवारकी बालिकाकी आमालाई छोरीको स्वास्थ्य परीक्षण गराउन विराटनगर आउँदा छिमेकीले चन्दा उठाएर दिनुपरेको थियो

टिप्पणीहरू