जेलभित्र पनि पस्यो कोरोना

जेलभित्र पनि पस्यो कोरोना

उपत्यकाको मुटुका रूपमा चिनिने डिल्लीबजार कारागार,चारखालमा खटाइएका सुरक्षाकर्मीमा पनि कोरोना देखिएको छ । अस्ति परीक्षण गरेका एकजना प्रहरीमा हिजो संक्रमण पुष्टि भएको हो । डिल्लीबजारमा ९८ जना सुरक्षाकर्मी छन् । संक्रमण पुष्टि भएका ती सुरक्षाकर्मीलाई दुई दिनअघि सामान्य ज्वरो आउने र जिउ दुुख्ने लक्षण देखापरेपछि कोरोना परीक्षण गरिएको थियो ।

अहिले डिल्लीबजार कारागारमा रेशम चौधरीसहित पाँच सय ६७ जना कैदीबन्दी छन् । त्यसमध्येका एक्लो भीआईपी कैदीबन्दी कैलालीबाट निर्वाचित माननीय रेशम चौधरी मात्र हुन् । अर्का मिनी भीआईपी कैदीबन्दीमा बाराका पूर्व सांसद रामचन्द्र प्यासी पनि अहिले त्यहिँ छन् ।

पूर्व प्रहरी महानिरीक्षकहरू र सशस्त्रका पूर्व डिआईजी रञ्जन कोइराला जेलमा कोरोना देखिनुुअघि नै छुटिसकेका छन् ।

 

 

टिप्पणीहरू