एन आई सी एशिया बैंकको ‘सुपर सिक्स योजना’ सार्वजनिक !

एन आई सी एशिया बैंकको ‘सुपर सिक्स योजना’ सार्वजनिक !

विश्वव्यापी COVID-19 महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति एनआईसी एशिया बैंकले ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहक महानुभावहरूले यस बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू. ५०० सम्मको रकम फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजनामा ग्राहक महानुभावहरूले न्यूनतम रू. १०० सम्मको कारोबारे गर्नुपर्ने छ र यो योजना २०७७ भाद्र ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी आधुनिक र नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै अग्रणी स्थानमा आईरहेको यस बैंकले १५ हजार भन्दा बढी QR Merchants मार्फत उत्साहजनक विद्युतीय कारोबार गर्दै आएको बैंककोे नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे बताउनु हुन्छ ।

कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न ग्राहक महानुभावहरूलाई आफु सुरक्षित होऔं र आफ्नो सुरक्षाको प्रत्याभुति दिलाउन का साथसाथै कागजी नोटको सट्टा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहनका लागि यस्तो योजना बजारमा ल्याएको बैंकले जनाएको छ ।

यस योजनामा ग्राहक महानुभावहरूले बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ । मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानी आदि सुविधा भने यस योजनामा समावेश नगरिएको बैंककोे नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।

यस बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै समयअनुरुप ग्राहकमैत्री एवं प्रोत्साहनमुलक योजनाहरू ल्याउने क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

 

टिप्पणीहरू