अर्थमन्त्री र प्रधानमन्त्रीको रहस्यमय मौनता : चौधरीद्वारा रातारात अरबौँ बाहिरिएको खुलासा

अर्थमन्त्री र प्रधानमन्त्रीको रहस्यमय मौनता : चौधरीद्वारा रातारात अरबौँ बाहिरिएको खुलासा 

डलर अर्बपति विनोद चौधरीले विदेशमा गरेको अदृश्य लगानी र प्राप्त मुनाफाको हिसाब किताब खोज्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले केही साताअघि नबिल बैंकलाई अति जरुरी तथा गोप्य पत्र लेखेपछि विभिन्न अड्कल शुरु भएको छ । एनबी इन्टरनेशनल लिमिटेडको नामबाट मात्र नबिल बैंकको ५० प्रतिशत सेयर हिस्सा ओगटेको चौधरी ग्रुपको विशेषतः अदृश्य रूपमा विदेशमा गरिएको लगानी सरकारको निम्ति सँधै पेचिलो बन्दै आएको थियो  ।

विदेशी मुद्राको कारोबार,वैदेशिक लगानी र विदेशमा गरिने लगानीको विषय राष्ट्र बैंकको कार्यक्षेत्रभित्र पर्छ । त्यसैले उपल्लो तहको राजनीतिक निर्देशन र योजनामुताबिक नै प्रक्रिया अघि बढाइएको बैंकका अधिकारीहरूले संकेत गरेका छन् । कतिपयले गत चैतमा महाप्रसाद अधिकारीको गभर्नरमा नियुक्तिलगत्तै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अधिकारीको ट्वीटरमा दिएको बधाईसँगैका केही वाक्यलाई अहिलेको अवस्थासँग दाँजेर हेरेका छन् ।

बाँस्कोटाले ट्वीटमा ‘…एनबी इन्टरनेशनलजस्ता कम्पनीले पश्चदर्शी कानुन बनाउन लगाउने सफलतामार्फत् गैह्रकानुनी बाटोबाट लाभांशका नाममा विदेश पठाउँदै गरेको अर्बौं रकम रोक्न सक्नुहोस् । सानो सुझाव दिन चाहन्छु’ भनेर लेखेका थिए ।

घुस काण्डको वार्तालाप सार्वजनिक भएपछि बाँस्कोटाले गत फागुनमा मन्त्री पदबाट हात धुनुपरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका अति निकट बाँस्कोटाको बहिर्गमनलाई बालुवाटारले त्यतिबेलै ‘चौधरी ग्रुपको ग्राण्ड डिजायनको शिकार’ को रूपमा बुझेको थियो । बालुवाटारको उक्त बुझाईमा केही दम हुनु स्वाभाविक पनि हो ।

चौधरी ग्रुपको सीजी कम्युनिकेशनलाई मोबाइल सेवा सञ्चालनको अनुमति नदिन र सँधैको लागि ‘रिङ्ग आउट’ गराउन मन्त्री बाँस्कोटाले सबै हत्कण्डाको प्रयोग गरेको आरोप लगाइएको थियो । अर्बपतिका छोरा तथा कम्युनिकेशनका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उक्त आरोप सार्वजनिक रूपमै लगाएका थिए ।

गभर्नर अधिकारीले नबिल बैंकमार्फत् एनबी इन्टरनेशल र चौधरीलाई लेखेको
गोप्य पत्र र परिवेश ‘बाघ कराउनु र बाख्रा हराउनु’ भनेझैँ भएको छ ।

यी सबै घटनाक्रमले गभर्नर अधिकारीले नबिल बैंकमार्फत् एनबी इन्टरनेशल र चौधरीलाई लेखेको गोप्य पत्र र परिवेश ‘बाघ कराउनु र बाख्रा हराउनु’ भनेझैँ भएको छ । स्रोतका अनुसार पत्रमा मूलतः वर्षौंदेखि बंगलादेश पुर्याउने गरेको करोडौं डलर बराबरको लाभांश,उक्त कम्पनीबाट चौधरीले हालसम्म प्राप्त गरेको डलर आम्दानी र मुलुक भित्र्याएको रकमको बारेमा स्पष्ट पार्न भनिएको छ ।

यसबाट उनले विदेश लैजाने गरेको डलरको मुहान राम्रोसँग थुन्न हाल संसदमा विचाराधीन बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा आवश्यक संशोधनको लागि सरकारलाई गतिलो आधार मिल्ने बताइएको छ । चार वर्षअघि शक्तिकेन्द्रको आडमा संसदीय समितिबाट बाफियामा आफू अनुकूलको व्यवस्था गर्न चौधरी सफल भएका थिए । अहिले उक्त ऐन पुनः संशोधनको लागि लामो समयदेखि संसदमा अड्किएको छ ।

पञ्चायतकालमा दरबार, ०४६ सालपछि आवरणमा एमाले र सारमा काँग्रेस बनेर झण्डै तीन दशकदेखि सबै काम फत्ते गर्दै आएका अर्बपतिलाई पछिल्लो संसदीय निर्वाचन नसोचेको घाँडो बन्यो । पहिलो संविधान सभामा एमालेको समानुपातिक सांसदसमेत रहेका उनी ठूलो भाग खोज्दै मन्त्री बन्ने सपनामा पछिल्लो संसदीय निर्वाचनअघि औपचारिक रूपमा काँग्रेस प्रवेश गरे र, समानुपातिक कोटाबाट सांसद समेत बने ।

यता,पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीसँग दशकौंसम्म विशेष निकटको सम्बन्ध बनाएका चौधरीले एक दशक अघिसम्म एमालेका कुनैपनि नेतालाई टेरपुच्छर लगाउँदैन थिए । नवौं महाधिवेशनबाट एमाले अध्यक्ष र पहिलो पटक प्रधानमन्त्री बन्नुअघि केपी शर्मा ओलीलाई समेत उनले भाउ दिन आवश्यक ठानेनन् ।

पञ्चायतकालमा दरबार, ०४६ सालपछि आवरणमा एमाले र सारमा काँग्रेस बनेर झण्डै तीन दशकदेखि सबै काम फत्ते गर्दै आएका अर्बपतिलाई पछिल्लो संसदीय निर्वाचन नसोचेको घाँडो बन्यो ।

दोस्रो संविधानसभा निर्वाचनमा एमालेले नवलपरासी क्षेत्र नं.१ बाट प्रत्यक्ष निर्वाचनको लागि टिकट दिन खोज्दा उनी तर्केका थिए । प्रत्यक्ष निर्वाचनमा रुची नभएको बताउँदै उनले उठ्नै परेमा क्षेत्र नं.२ प्रतिको चाहना देखाए । नवलपरासी क्षेत्र नं. १ बाट एमालेको उम्मेदवार हुँदा उनलाई आवरणमा एमाले हुनुपर्ने अनिवार्य बाध्यता हुन्थ्यो भने भित्री रूपमा बीपी पुत्र सशांक कोइरालासँग कुनै हालतमा भिड्न चाहँदैन थिए ।

त्यहि तुषले उनी अघिल्लो संसदीय निर्वाचनमा खुलेर नेपाली काँग्रेसको तर्फबाट उद्योगपति,सेलिब्रिटी र भावी अर्थमन्त्रीको रूपमा देशव्यापी प्रचारमा अहोरात्र खटिए । ‘भाग्य नै ओरालो लागेपछि कसको के लाग्छ र’ भनेझैँ उनी काँग्रेसको तर्फबाट समानुपातिक सांसद त भए तर, काँग्रेसले निर्वाचनमा इतिहासकै सबैभन्दा नराम्रो पराजय व्यहोरेर कमजोर प्रतिपक्ष बन्यो ।

उता एमाले र एमाओवादी मिलेर बनेको नेकपाले झण्डै दुई तिहाई बहुमत ल्याएपछि चौधरीले विगतमा कहिल्यै भाउ नदिएका केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री बने । अर्बपति तथा सांसद चौधरीलाई जीवनकै सबैभन्दा ठूलो ‘सेट ब्याक’ यहिँनेर हुनपुग्यो ।

चार वर्षअघि संसदमा विचाराधीन रहेकै अवस्थामा बाफियामा पश्चगामी व्यवस्था घुसार्न चौधरी सफल भएका थिए । त्यसपछि नबिल बैंकमा रहेको एनबी इन्टरनेशनलको लगानी र त्यसको प्रतिफलको वैधतामाथि तत्कालीन गभर्नर खतिवडामार्फत् उठाइएको प्रश्नचिन्ह पनि स्वतः हटेको थियो ।

एक दशकअघि हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा एनबी इन्टरनेशनलको लाभांश विदेश लैजानमा रोक लगाइएको थियो । तर बाफियामा पश्चगामी व्यवस्था थपेपछि उक्त रोक्का फुकुवा भयो । त्यसपछि रोकिएका सबै वर्षका लाभांशसहित आजसम्म एनबीले आफ्नो लाभांशवापतको करोडौं विदेशी मुद्रा विगतमाझैँ बेरोकतोक ढाका लैजान थालेको हो ।

त्यतिबेलाको लाभांश रोक्का खतिवडाको व्यक्तिगत चाहनाले नभएको रहस्य पनि खुल्दै गएको छ । उनले त्यसबखत कसैको आज्ञा पालना मात्र गरेको समेत यतिखेरको घटनाक्रमले प्रमाणित गरेको छ । चौधरीले विभिन्न हत्कण्डा प्रयोग गरेर राष्ट्र बैंक ऐन, विदेशी मुद्रा व्यवस्थापन सम्बन्धी ऐन र स्वयम् केन्द्रीय बैंकका कैयौं वर्षदेखिका मौद्रिक नीति र निर्देशन विपरीत हुने गरी संसदीय समितिबाट बाफियामा राख्न लगाएको पछिल्लो व्यवस्था खारेज गर्न अर्थमन्त्री अनिच्छुक देखिएका छन् । साथै उन ले पछिल्लो साँढे दुई वर्षसम्म बाफिया संशोधनमा देखाएको निश्क्रियता बुझिनसक्नु मात्र होइन रहस्यमय पनि बनेको छ ।

अर्थमन्त्रीले पछिल्लो साँढे दुई वर्षसम्म बाफिया संशोधनमा देखाएको निश्क्रियता बुझिनसक्नु मात्र होइन रहस्यमय पनि बनेको छ ।

छिमेकमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि चौधरीले एकाएक भाजपाका ठूलाबडा,पण्डित रविशंकर र बाबा रामदेवसँग विशेष सम्बन्ध राख्दै आएका छन् । त्यहि सम्बन्धलाई भजाउँदै महाराष्ट्रका राज्यपाल भगतसिंह कोशियारीमार्फत् चौधरीले अर्थमन्त्री खतिवडालाई हाल संशोधनको लागि संसदमा विचाराधीन बाफियामा यसअघि थपिएको विशेष व्यवस्थाको बारेमा धेरै अघिदेखि ‘सतर्क’ गराउँदै आएका छन् ।

त्यहि सतर्कको परिणाम मन्त्रालयले बाफियाको उक्त व्यवस्थामा कुनै फेरबदल नगरी संसदमा जस्ताको तस्तै पेश गरेको स्रोतको दाबी छ । दिल्ली स्कुल अफ इकोनोमिक्समा पिएचडी गरेको बखतदेखि कोशियारीसँग नजिकको सम्बन्ध राख्दै आएका खतिवडालाई अन्ततः एकैचोटी अर्थ मन्त्री बन्न त्यहि सम्बन्धले मलजल पुर्याएको थियो । ढिलोमा भदौ २० गतेसम्म मन्त्रीमा रहने सम्भावना रहेका खतिवडाले आफू पदमा छउञ्जेल बाफिया पारित नहोस् भनी राखेको चाहनाले पनि मूर्त रूप लिने पक्का देखिएको छ ।

यता, चौधरीले पनि आफ्ना सबै समस्या लगभग सल्टेको निश्कर्ष निकालेपछि केही वर्षअघि आत्मकथा लेख्ने निधो गरे । त्यहि आत्मकथाको एक ठाउँमा उनले आफ्नो सम्पन्नता र आर्थिक सफलताको मुख्य सूत्र ‘सोझो औंला नभई बाँङ्गो औंला रहेको’ उल्लेख गरेका छन् । चौधरीको उक्त संकेतलाई एनबी इन्टरनेशनलको नामबाट नबिलमा गरिएको लगानी र त्यसैको प्रतिफललाई राष्ट्र बैंक, सरकारी निकायदेखि धेरैले अथ्र्याउँदै आएका छन् ।

ढिलोमा भदौ २० गतेसम्म मन्त्रीमा रहने सम्भावना रहेका खतिवडाले
आफू पदमा छउञ्जेल बाफिया पारित नहोस् भनी राखेको चाहनाले पनि मूर्त रूप लिने पक्का देखिएको छ ।

पञ्चायतकालमा ललितपुरको सैंबुमा स्थापना गरिएको वाइवाई कारखाना र तत्कालीन अरब बैंकलाई नबिल बैंकमा परिणत गर्दाको बखत एनबी इन्टरनेशनलले खरिद गरेको सेयर स्वामित्वमा पर्दा पछाडिको खेलाडी अर्कै रहेको आशंका त्यतिबेलै गरिएको थियो । ती सबै लगानीमा तत्कालीन राजपरिवारको प्रोक्सीको काम गरेको आरोप चौधरीलाई लाग्दै आएको छ ।

नभन्दै दरबार हत्याकाण्डपछि उनीमाथि दरबारको अदृश्य लगानीको हिसाब किताबको कुरो समेत उठ्यो । त्यहि आरोप र आशंकालाई सहयोग पुग्नेगरी चौधरी ग्रुपका प्रेसिडेण्ट, डलर अर्बपति तथा सांसदले दरबार हत्याकाण्डपछि लामो समय भारतमै बिताएकाले आरोप लगाउने र आशंका गर्नेलाई थप मिलेको थियो ।

टिप्पणीहरू