सेनापतिको नाममा मामाको लुट

सेनापतिको नाममा मामाको लुट

नेपाली सेनाभित्र नियन्त्रणउन्मुख भ्रष्टाचार र अनियमितताको रोग छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पनि पुगेको छ । अन्य जटिल रोगको समेत उपचार गर्ने अस्पतालमा भ्रष्टाचारको रोग भने त्यहिँको प्याथोलोजी विभागबाट फैलिएको आशंका गरिएको छ ।

अस्पतालको भिभिआइपी वार्ड निर्माणमा अनियमितता भएको उजुरी परेपछि अहिले उक्त विभागका लेफ्टिनेण्ट सूर्य अधिकारी लफडा सामसुम पार्ने अभियानमा लागेको बताइएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापासँग आफ्नो नजिकको सम्बन्ध रहेको धमास दिएर अधिकारीले परिस्थितिअनुसारको व्यवहार गर्दै रकम असुलेको गाईंगुईं जङ्गी अड्डातिर सुनिन थालेको छ । अधिकारीले आफूलाई प्रधान सेनापतिको मामा नाता लगाउँदै उनी सँग भएका कतिपय टेलिफोन वार्ता र म्यासेज आदानप्रदान देखाउँदै काम फत्ते गर्ने गरेको स्रोतको दाबी छ ।

सेनापतिसँग भएका कतिपय टेलिफोन वार्ता र म्यासेज आदानप्रदान देखाउँदै काम फत्ते गर्ने गरेको स्रोतको दाबी छ ।

सात करोड रुपैयाँ बजेट निकाशा भएपनि मुश्किलले चार करोड मात्र खर्च गरिएको उजुरीपछि भ्रष्टाचारको आरोप लागेका ठेकेदारलगायतका व्यक्तिसँग अधिकारीले कुरो मिलाउने नाममा बार्गेनिङ्ग शुरु गरेका हुन् । सहायकरथी अरूण न्यौपाने, अवकाशप्राप्त सहायक रथी नरेश गिरी र अवकाशप्राप्त मेजर इञ्जिनियर रामबहादुर कार्कीलाई ठेकेदार बाबुराम कोइरालासँगको मिलेमतोमा गुणस्तरहीन निर्माण गरेको र भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

टिप्पणीहरू