कोटेश्वरमा कोरोना र भारतीय राजदूत क्वात्रा !

कोटेश्वरमा कोरोना र भारतीय राजदूत क्वात्रा !

केहि दिनअघि खुमलटारका केही सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा पनि परिवारसहित ३० जनाको परीक्षण गरियो । तर कसैमा पनि संक्रमण पुष्टि भएको देखिएन ।

दुई साताअघि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि नेपाल निवास पुगेका थिए । कोटेश्वरबाट खुमलटार पुगी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेका क्वात्रा यतिखेर गोरखपुरको बाटो हुँदै सडक मार्गबाट नयाँ दिल्ली पुगेका छन् ।

नेपाल निवास सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका कोही पनि यसबीच बाहिर नगएको र बाहिरका कसैलाई पनि भेटेका छैनन् । साउन २६ गते नेपाललाई भेट्न अछामका माननीय यज्ञ बोगटी कोटेश्वर पुग्नुभयो । वहाँको परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि नेपाल परिवार, सचिवालय र सुरक्षाकर्मी सबैको परीक्षण गरियो । त्यसमध्ये सातजना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार कहीँ नगएका एउटा सुरक्षाकर्मीलाई केही दिनदेखि मन्द ज्वरो भने आएको थियो ।

अहिले संक्रमित सबैलाई उपचारार्थ कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालमा बनाइएको कोभिड अस्पतालमा राखिएको छ । अन्यत्रभन्दा आयुर्वेदिक अस्पतालमा राखिएका संक्रमितहरूको निको हुने दर उच्च देखिएको छ । अस्पतालले कोरोना उपचारमा आयुर्वेदिक औषधीको प्रभावकारिताको थप अध्ययन गर्नुपर्ने समेत बताएको छ । हिजै मात्रै उक्त अस्पतालबाट कोरोना जितेर ४५ जना घर गएका छन् ।

दुई साताअघि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि नेपाल निवास पुगेका थिए । कोटेश्वरबाट खुमलटार पुगी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेका क्वात्रा यतिखेर गोरखपुरको बाटो हुँदै सडक मार्गबाट नयाँ दिल्ली पुगेका छन् । दुई मुलुकबीच सम्वादहीनताको अवस्थामा नेपाल सरकारले भारतले नेपालको सीमा मिचेको विषयमा लकडाउनको समय परराष्ट्र मन्त्रालयमा बोलाएर क्वात्रासँग स्पष्टीकरण नै सोधेको थियो ।

उक्त घटनालाई तीतो रूपमा लिएका क्वात्राकै पहलमा केही दिनअघि दुई देशका प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तालाई भारतीय राजदूतले आफ्नो सफलताको रूपमा लिएपछि दिल्ली पुगेको बताइन्छ । चिनियाँ राजदूतले मात्र सत्तारुढ दलका नेता तथा भूतपूर्व प्रधानमन्त्रीहरूको निवासमा घरदैलो कार्यक्रम गरेको आरोप लाग्दै आएको थियो । तर, भारतीय महामहिमले समेत उक्त कार्यक्रमलाई निरन्तरता दिएपछि यस अघिको एकपक्षीय घरदैलो कार्यक्रमको आरोप पनि मेटिएको छ ।

टिप्पणीहरू