के मन्त्री पद पाए पुग्यो ?

के मन्त्री पद पाए पुग्यो ?

अझै पनि प्रधानमन्त्रीले विभिन्न नाममा महत्वपूर्ण पदमा खोजी खोजी आफ्नो मान्छे नहाल्नुहोला भन्न सकिन्न । राज्य सञ्चालनमा प्रभावशाली र रणनीतिक महत्व राख्ने अख्तियार दुरूपयोग तथा अनुसन्धान आयोग, निर्वाचन र लोकसेवा आयोगमा आफ्ना तर मधेशी, महिला ,दलित, वित्त, समावेशी र मुश्लिम आयोगमा चाँहि अरुका मान्छे भर्ती गरेर भागबण्डा मिलाउने कोशिस हुने आशंका बढेको छ ।

उता राष्ट्रिय मानव अधिकार आयोग पनि अख्तियार झैँ नभएपनि रणनीतिक हिसाबले महत्वपूर्ण मानिन्छ । विशेषगरी संयुक्त राष्ट्रसंघ, पश्चिमा राष्ट्र, दातृ निकाय र संस्थाहरूसँगको सम्बन्ध प्रगाढ बनाउने कसीको रूपमा मानव अधिकार आयोगलाई लिइन्छ । त्यसैगरी, लोकसेवा र निर्वाचन आयोगले पनि आफ्नै किसिमले प्रभाव पार्छन् ।

अहिलेको अवस्थामा सबैभन्दा महत्वपूर्ण भनेको सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग हो । त्यसको यथार्थ र वास्तविक परिचालन अहिलेको आवश्यकता हो । सत्य निरूपण आयोगमा विज्ञ र बोल्डहरूलाई छाडेर लाए अह्राएको मान्नेहरूको बोलवाला देखिएको छ । नेकपाभित्रको पछिल्लो अन्तरबिरोध र सरकारको मुख्य लक्ष्यलाई विश्लेषण गर्ने हो भने त्यहि आयोगको फेरो समाउँदै अन्ततः प्रचण्डलाई ‘कानुनी रुपमा किरिप्प’ पार्ने नै हो भन्नेमा बालुवाटार निकटहरूको निश्कर्ष छ ।

खुमलटारले भने पहिले आवश्यक कानुनको तर्जुमा गरेपछि मात्र आयोगलाई प्रभावकारी ढंगले अघि बढाउने बताएको छ । परिस्थिति उनीहरूले कुनैपनि समय सोचेभन्दा निकै फरक ढंगले अघि बढ्नसक्ने अवस्थामा रहेको द्वन्द्व विज्ञहरू बताउँछन् । अहिले पार्टीको समस्या समाधानको लागि गठित छ सदस्यीय कार्यदलका कम्तिमा पूर्व माओवादी निकट सदस्यहरूले मन्त्री हुने ध्याउन्नलाई छाडेर त्यसतर्फ सोच्ने कि ?

टिप्पणीहरू