बालिका बेच्न, सकेन लकडाउनले छेक्न

आममानिसमा के विश्वास छ भने, काठमाडौं छिर्ने नाका एकदमै कडा छ । जो पायो त्यही मान्छे छिर्न सक्दैन ।

तर,घटनाचाहिँ के छ भने, नागढुंगा, झ्याप्लेखोलातिरको त्यही कडिकडाऊ व्यवस्थाबीच कोहलपुरबाट ल्याइएका १५ वर्षीया दुई बालिका निर्वाध रुपमा काठमाडौं छिराइए, नयाँबसपार्कमा बेचिए । अहिले बेचिएका बालिकाहरुको उद्धार र यसक्रमसँग जोडिएका व्यक्तिहरु अभियुक्तका रुपमा दण्ड प्रक्रियामा छन् ।

समातिएकाहरुले भनेका छन्, नागढुंगामा एकजना थापा थरका इन्स्पेक्टर छन् । बिचौलियामार्फत उनलाई पैसा बुझाएर अरु थुप्रै मानिस त्यसरी छिरेका छन्  । साउनको ६ गते कोहलपुरबाट पासबिनाको निजी गाडीमा हालेर १५–१५ वर्षका दुई बालिका काठमाडौं ल्याइए । तर, प्रहरीले २१ गतेमात्र सूचना पायो ।

साउनको ६ गते कोहलपुरबाट पासबिनाको निजी गाडीमा हालेर १५–१५ वर्षका दुई बालिका काठमाडौं ल्याइए । तर, प्रहरीले २१ गतेमात्र सूचना पायो ।

काठमाडौंबाट अस्मिता शाही नाम गरेकी महिला लिन गएकी थिइन् । ल्याएको पनि उनैले । नाका–नाकाका प्रहरीमा सेटिङ थियो । यसकारण, उनलाई यस्तो काममा लगाइयो । मित्रपार्कस्थित कोपिला खाजा घरमा छिर्ने ग्राहकलाई सबै किसिमले सन्तुष्ट पार्ने पेशा हो,अस्मिताको । आफू ‘पुरानो’ नयाँको खोजीमा उनी आफैँ लागिन् । कोहलपुर पुगेर ती किशोरीहरुलाई काठमाडौंको कुनै गार्मेन्टमा काम लगाइदिने नाममा अस्मिताले ल्याएकी हुन् ।

नयाँ बसपार्कमा ओर्लिएपछि उनले पूर्वेली खाजाघर र बाग्लुङ खाजाघरमा लगेर बुझाइन् । अस्मिताले ती खाजाघरमा लगेर बालिकाहरु बुझाएकै दिन दुई–दुईपटक ग्राहकसँग राखियो । तीन–तीन हजारका दरले उनीहरुलाई पैसा दिइयो । तर, बालिकाहरुले यस्तो काम गर्न नचाहने भन्दै खाजाघरका सञ्चालकसँग प्रतिवाद गरेपछि घर (कोहलपुर) फिर्ता पठाइन् । लामो दूरीका सवारी साधन,त्यसमा पनि भाडाका गाडी चलेका छैनन् । यस्तो स्थितिमा यी अबोध बालिका काठमाडौंदेखि कोहलपुरसम्म पुग्नु कल्पनासम्म गर्न नसकिने कुरा थियो । त्यसैले काठमाडौं बस्ने एकजना चिनेका दाइलाई सम्पर्क गरे । ती दाइले प्रेम कार्की नाम गरेका व्यक्ति चिनाइदिए ।

प्रेमले खाजाघरका मान्छेहरुसँग ५० लाखबाट सौदाबाजी शुरु गरे । २५ लाखसम्म झर्दा पनि कुरा मिलेन ।

प्रेमले खाजाघरका मान्छेहरुसँग ५० लाखबाट सौदाबाजी शुरु गरे । २५ लाखसम्म झर्दा पनि कुरा मिलेन । र, त्यता कुरा नमिलेपछि प्रेमले साउनको २१ गते बालिकाहरुलाई प्रहरीमा लिएर गए । मानव बेचखिबन व्युरो, बबरमहलका एक डिएसपीले बताएअनुसार, अहिले यो काममा संलग्न पूर्वेली खाजाघरकी सञ्चालिका प्रतीक्षा पुन, बाग्लुङ खाजाघरकी शान्ता घर्ति र कोहलपुरबाट बालिका लिएर आउने अस्मिता शाहीमाथि मानव बेचबिखन ऐनअन्तर्गत कारवाही चलिरहेको छ । बबरमहलस्थित मानव बेचबिखन व्युरोले मुद्दा हेरिरहेको छ । उनीहरु महाराजगञ्जस्थित प्रहरी बृत्तको हिरासतमा राखिएका छन् ।

बालिकाहरु माइती नेपालको सम्पर्ककी एकजना महिलाको संरक्षणमा छन् । पक्राउ परेका महिलाहरुले प्रेम कार्कीमाथि पनि छानवीन हुनुपर्ने बताइरहेका छन् । किनभने, प्रहरीमा उजुर गर्नुअघि उनले पैसा बार्गेनिङ गरेको उनीहरुको आरोप छ ।

टिप्पणीहरू