यसरी आयो नयाँ एमाले

यसरी आयो नयाँ एमाले

विधानमा पूर्व एमालेकै ‘मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई
मार्गनिर्देशक सिद्धान्त मान्दै….’ भन्ने वाक्यांश राखिएको छ ।

निर्वाचन आयोगले तोकिएको पैंतालिस दिन कटेपछि पार्टी दर्ताको प्रक्रिया सम्पन्न गर्नुपर्ने कानुनी प्रक्रियाबमोजिम नै पुरानो नेकपा एमालेसँग मिल्दोजुल्दो दल दर्ता गरेको बताएको छ । शुरुमा दर्ता गराउन तामझामका साथ आएका व्यक्तिहरू पछि आकलझुकल मात्र देखा परेका थिए । तरपनि आयोगले दुई महिना कट्न लागेको भन्दै दल दर्ता गरेको हो । दर्ता भएको तीन दिन बित्दासमेत एमालेको प्रमाणपत्र लिन भने कोहि पनि आयोग नपुगेको बताइन्छ  ।

आयोग स्रोतका अनुसार ‘कोरोना र लकडाउनको कारणले उनीहरू पनि आएनन् र हाम्रा कर्मचारीको उपस्थितिसमेत न्यून भएकाले अस्ति दर्ता भयो ।’ नयाँ एमालेको लोगो दुईवटा पहाडको बीचमा उदाउँदो सूर्य रहेको छ । स्रोतले उक्त चिन्ह पार्टीको लोगो मात्र भएको तर,चुनाव चिन्ह नभएको स्पष्ट पार्दै आगामी निर्वाचन अघि पुनः दल नवीकरण र आवश्यक निर्णयपश्चात् मात्र चुनाव चिन्ह प्रदान गरिने बताएको छ ।

नयाँ एमालेको पार्टी विधान पुरानै एमालेको विधानमा सामान्य हेरफेर गरेर पेश गरिएको थियो । विधानमा पूर्व एमालेकै ‘मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई मार्गनिर्देशक सिद्धान्त मान्दै….’ भन्ने वाक्यांश राखिएको छ । आयोगले कागजात प्रमाणित गर्ने क्रममा नयाँ एमालेको विधानमा लेखिएको ‘नेपाल कम्युनिष्ट पार्टी एमालेको नवौं महाधिवेशनले तय गरेका मार्गनिर्देशक सिद्धान्तलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त मानिने छ’ भन्ने वाक्यांशलाई भने हटाइदिएको छ ।

आयोगका अनुसार लकडाउनको पछिल्लो पाँच महिनामा समेत फाट्टफुुट्ट दल दर्ताको आवेदन पर्यो । सबैभन्दा धेरै एमालेको मात्र चर्चा भयो तर शुरुको चुरीफुरी देखाउनेहरू पार्टी दर्ताको दिनसम्म आइपुग्दा शिताङ्ग देखिएका छन् ।

टिप्पणीहरू